Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जगरनाथपुर र जीराभवानी गाउँपालिकाबाट नारायणी अस्पताललाई ६ एसी सहयोग

थप ३ एसी दिने सखुवा प्रसौनीको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर र जीराभवानी गाउँपालिकाले वीरगंजस्थित नारायणी अस्पताललाई ६ थान वातानुकूलित एसी संयुक्त रूपमा प्रदान गरेका छन् । अस्पतालको मेडिकल वार्डमा उपचाररत बिरामीहरूलाई गर्मीका कारण भोग्नुपरेको असहजतालाई कम गर्न उद्देश्यले सो सहयोग उपलब्ध गराइएको हो ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र जीराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले मंगलबार अस्पतालमै पुगेर एलजी कम्पनीका ६ थान एसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासलाई हस्तान्तरण गरे । दुबै गाउँपालिकाले ३/३ थान एसी उपलब्ध गराएको अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।

साे अवसरमा नारायणी अस्पतालका डा. उदयनारायण सिंह, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

यसअघि सोमबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँगै अस्पताल निरीक्षणमा पुगेका अध्यक्ष यादवले मेडिकल वार्डमा एसी जडान गरिदिने प्रतिबद्धता जनाएका थिए । पंखा मात्रै रहेको मेडिकल वार्डमा अत्यधिक गर्मीका कारण बिरामीहरूलाई कठिनाइ भइरहेको देखिएपछि उनले तत्काल पहल गरेका थिए ।

यस्तै, जगरनाथपुरका अध्यक्ष यादवकै आग्रहमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले पनि थप ३ थान एसी उपलब्ध गराउने घोषणा गरेका छन् । ती एसी १–२ दिनमै अस्पतालमा आइपुग्ने अस्पताल विकास समितिले जनाएको छ ।

मंगलबार हस्तान्तरण गरिएको ६ थान एसी ४० शय्याको मेडिकल वार्डमा जडान गरिनेछ । एसी जडान भएपछि उपचाररत बिरामीहरूलाई सहज र सन्तोषजनक उपचार वातावरण मिल्ने अपेक्षा गरिएको छ ।

अस्पताल प्रशासनले स्थानीय तहबाट प्राप्त यस सहकार्यप्रति आभार व्यक्त गर्दै अन्य निकायहरूलाई पनि यस्ता सहानुभूतिपूर्ण योगदानमा सहभागी हुन आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...