Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

वीरगंजका एक युवककाे शव दुई वर्षदेखि साउदीमा अलपत्र

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे वीरगंज महानगरपालिका–३२ का लोकबहादुर सुनुवारको शव विगत दुई वर्षदेखि साउदी अरबमा अलपत्र अवस्थामा रहेको छ। सुनुवारको सन् २०२१ सेप्टेम्बर (२०७८ भदौ) मा करेन्ट लागेर मृत्यु भए पनि हालसम्म उनको शव नेपाल ल्याउन सकिएको छैन।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले शव नेपाल ल्याइदिन, क्षतिपूर्ति उपलब्ध गराइदिन तथा दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।

मृतकका परिवारका अनुसार लोकबहादुर सुनुवार साउदीको जेहामा रहेको मोर्डन कार वास कम्पनीमा कार्यरत थिए। काम गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर गम्भीर घाइते भएका सुनुवारको उपचारको क्रममा बेश जनरल जी–जान अस्पतालमा मृत्यु भएको हो।

पीडित परिवारले साउदीस्थित नेपाली महाबाणिज्य दूतावासलाई जिम्मेवारी बहन नगरेको आरोप लगाएका छन्। परिवारका अनुसार दूतावासले नेपाली नागरिकको सरोकारका विषयमा चासो देखाउनुभन्दा उल्टै कम्पनीको पक्षपोषण गरिरहेको छ।

मृतक सुनुवारको शव तत्काल नेपाल ल्याइदिने, परिवारलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने तथा रोजगारदाता कम्पनीमाथि छानबिन गरी दोषी ठहरिएमा कारबाही गर्नुपर्ने माग परिवारले सार्वजनिक रूपमा राखेको हो।

सरकार, सम्बन्धित निकाय र साउदीस्थित दूतावासको गम्भीर ध्यानाकर्षण गराउँदै परिवारले न्यायको आशामा देशभरका नागरिक तथा सञ्चारकर्मीहरूलाई साथ दिन अपील गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...

वीरगंज–२६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका–२६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । एक समारोहका बीच वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख...