Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वन कार्यालय पर्साद्वारा ८.५ लाख बिरुवा निःशुल्क वितरण

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । डिभिजन वन कार्यालय पर्साले जिल्लाका विभिन्न स्थानमा उत्पादन गरिएका साढे आठ लाख बिरुवा निःशुल्क वितरण गर्न थालेको छ। वातावरणीय संकट, जलवायु परिवर्तन र बढ्दो गर्मीका समस्याको समाधानका रूपमा बृक्षारोपणलाई उत्तम उपाय ठहर गर्दै वन कार्यालयले सर्वसाधारणलाई निशुल्क बिरुवा उपलब्ध गराउन थालेको हो।

डिभिजन वन कार्यालयका अनुसार सबैठवामा १ लाख, छिपहरमाई गाउँपालिकाको चरगाहमा १ लाख, सोलकपुर नर्सरीमा १ लाख, सब-डिभिजन कार्यालय सबैयामा १ लाख ६० हजार, बढनियारमा १ लाख, मनवामा ९० हजार, रंगपुरमा १ लाख तथा बसन्तपुरमा पनि १ लाख बिरुवाको उत्पादन गरिएको छ।

जिल्ला वन अधिकृत मन्जुर अहमदका अनुसार नर्सरीहरूबाट मसला, टिक प्लान्ट, सिसौ, आमला, महोगनी, अर्जुन, जकरंडा, गुलमोहर, पिफूल, अमला लगायत दुई दर्जनभन्दा बढी प्रजातिका रुखका बिरुवा उत्पादन गरिएका छन्।

“जनप्रतिनिधि तथा वडा कार्यालयमार्फत माग अनुसार बिरुवा उपलब्ध गराउने गरिएको छ,” अधिकृत अहमदले जानकारी दिए। “किसानहरूले ठूलो संख्यामा माग गरेमा बिरुवा उनीहरूको बासस्थान वा रोपाइँ स्थलसम्म निःशुल्क पुर्‍याउने व्यवस्था पनि गरिएको छ,” उनले थपे।

डिभिजन वन कार्यालयको यो पहलले जिल्लामा हरियाली प्रवर्द्धनसँगै वातावरण संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...