Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

मजदुरको हैन मालिकको मे दिवस

spot_img
spot_img

आज विश्व मजदुर दिवस । विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । सरकारले नेपालमा पनि विभिन्न कार्यक्रम गरी हरेक वर्ष दिवस मनाउने गरेको छ । सरकार र मजदुरको नाममा राजनीतिको रोटी सेक्ने केही नेताहरुले दिवसमा कार्यक्रम गर्ने र भाषणबाजी गरेर सामाजिक सञ्जालमा पोस्ट्याउने गरेपनि दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने अधिकांश श्रमिक भने दिवसका बारेमा अनभिज्ञ छन् ।

श्रम गरेर साँझ बिहानको छाकको जोहो गर्ने श्रमजीवि सर्वहारा बर्गलाई भने यो दिवसले सुख दिनुको साटो उल्टै दुःख दिएको छ । यस दिन नेपालमा सार्बजनिक विदा दिइएको छ, जसले गर्दा कार्यालयमा मजासँग एसीमा बसेर काम गर्नेहरुले त आराम पाउँछन्, तर ४० डिग्री सेल्सियसको चर्काे घाममा पनि पसिना पुछ्दै साँझको छाकको जोहो गर्ने वास्तविक मजदुर भने विदाबाट पिडित छन् ।

बजार र कार्यालयहरु खुला भएपछि सडक छेउमै बसेर जुत्ता चम्काउनेहरुले काम पाउँछन्, काँधमा घरपरिवारको जिम्मेवारी र त्यो भन्दा पनि ठूलो सपनाको भारी बोकेर रिक्सा हाँक्नेहरुले यात्रु पाउँछन् । बजारमा चहलपहल हुँदा सडकमा बसेर चर्काे गर्मीमाथि झनै आगोको रापमा मकै पोल्ने बृद्धाहरुले छाकको जोहो गर्छन् । तर मजदुर दिवसको नाममा सरकारले वास्तविक मजदुरलाई अझै मारमा पार्ने काम गरीरहेको छ । यसअर्थमा सरकारले मदजुरको होइन मालिकका लागि मे दिवस मनाउने गरेको स्पष्ट हुन्छ । सरकारले एकातिर हरेक मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भन्दै मे दिवस मनाइरहेका छ । भने, अर्कोतिर कतिपय मजदुर भने मे दिवस कहाँ कसरी मनाइदै छ भनेर अनिवज्ञता प्रकट गर्छन् ।

मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र बृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइएपनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस श्रमिकमैत्री भन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ । जसका कारण वास्तविक मदजुर मे दिवस मनाउन उत्साहित देखिदैनन् ।

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन् । उनीहरु सरकारले निर्धारण गरेको सेवा सुविधा नलिइ आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । देशभर नीजि र सरकारी क्षेत्रमा ७० लाखभन्दा बढी विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन् । जसले न त न्युनतम पारिश्रमिक नै पाएका छन्, न त आत्मसम्मान नै । तर यस्ता समस्याको समाधानमा भने सरकार गम्भिर देखिदैन ।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलन गरेका थिए । मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...