Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

दलित भूमिहिन र सुकुम्बासीलाई जग्गा वितरणमा सघाउन ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज  । भूमिहीन दलित र सुकुम्बासी समुदायको हकहितका लागि पर्साका दलित संगठनहरुले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाइएका छन् । भीम आर्मी नेपाल, दलित महिला संघ पर्सा, चमार कल्याण समाज पर्सा, डोम समाज कल्याण संघ पर्सा, दलित सञ्जाल पर्साले सयुँक्त रुपमा महानगर प्रमुख सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

न्यायोचित र पारदर्शी ढंगमा भूमि वितरण प्रक्रिया अघि बढाउन ज्ञापन पत्रमार्फत माग गरिएको छ । दलित अगुवा बृजलाल पासवान, भिम आर्मी नेपालका केन्द्रीय संयोजक सुनिल राम, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, संघकी कोषाध्यक्ष एवम् वीरगंज ३ की सदस्य संगीता दास, राष्ट्रिय दलित पत्रकार संघ नेपाल मधेश प्रदेशका सचिव सूर्यनारायण वि.क., चमार कल्याण समाजका अध्यक्ष जादोलाल राम लगायतले ज्ञापन पत्र बुझाएका हुन् ।

द्यलित भूमिहीनहरूको समस्या दीर्घकालीन समाधानका लागि भूमि आयोगमार्फत निष्पक्ष, समावेशी र व्यवहारिक प्रक्रिया सुनिश्चित गर्न स्थानीय सरकारलाई सचेत गराइएको दलित पत्रकार संघ पर्साका सल्लाहकार समेत रहेका पासवानले बताए ।

ज्ञापनपत्रमा दलित र सुकुम्बासी समुदायका लागि नीति निर्माण, कार्यक्रम कार्यान्वयन र स्थानीय तहसँगको समन्वयमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि ज्ञापन पत्र बुझ्दै यथाशीघ्र कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...