Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

मालपोत कार्यालय पाेखरियामा भु सेवा केन्द्र सन्चालन गर्ने ब्यवसायीलाई अनुमति

spot_img
spot_img

पोखरिया । पर्साको पोखरियास्थित रहेको मालपोत कार्यालयाले आइतबारदेखि भु सेवा केन्द्र सन्चालन गर्ने ११ जना लेखापढी ब्यवसायीहरुलाई अनुमती दिएकाे छ ।

मालपोत कार्यलया पोखरियाले आइतबार एक कार्यक्रमकाे आयाेजना गरि भु– सेवा केन्द्र संचालन गर्ने लेखापढी ब्यवसायीहरुलाई प्रमाण पत्र वितरण गरेकाे हाे । मालपाेत कार्यालय पाेखरियाले भु सेवा केन्द्र संचालनकाे अनुमतीकाे लागी गत फालगुन २३ गतेकाे गरेकाे सूचनाकाे आधारमा निवेदन दिएका ११ जना लेखापढी ब्यवसाईहरुलाई अनुमती तथा प्रमाण पत्र वितरण गरिएकाे मालपोत कार्यालय पोखरियाका सुचना अधिकारी रामरेखा प्रसाद चौरसियले जानकारी दिए ।

 आइतबार नै भु–सेवा केन्द्रहरुबाट ८ जना सेवाग्राहीहरुले सेवा लिएको सुचना अधिकारी चौरसियले जानकारी गराए ।

कार्यक्रम कार्यालय प्रमुख रामजी प्रसाद साहको अध्यक्षतामा भएकाे प्रमाण पत्र वितरण कार्यक्रममा पोखरिया नगरपालीकाकी उप प्रमुख रुवी कुमारी ठाकुर, वडाध्यक्ष नौसाद आलम, नेकपा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विन्धयाचल ठाकुर, शिक्षक पारस ठाकुर, समाज सेवी मनोज कुर्मी लगायतका कर्मचारी, नगर प्रहरी र स्थानिय सँचारकर्मीहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...