Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

ठाकुररामकाे स्ववियु निर्वाचनमा धाँधली भएकाे भन्दै १० संगठनकाे आपत्ति

spot_img
spot_img

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाँधली भएकाे भन्दै विभिन्न विद्यार्थी संगठन र समुहहरुले आपत्ति जनाएका छन् ।

अनेरास्ववियूका पवन यादव, अखिल (क्रान्तिकारी) का अनिस कुमार पटेल, समाजवादी विद्यार्थी युनियनका हरिकिशाेर यादव, समाजवादी विद्यार्थी युनियन नेपालका माेहमद सगिर अली, स्वतन्त्र युवा समुह (८ दलिय गठबन्धन) का श्याम प्रसाद गुप्ता, सुधिर पटेल समुहका कमलेश कुमार यादव, जय नेपाल विद्यार्थी संघका राजु गुप्ता, नेपाल विद्यार्थी कल्याण समुहका धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी समुहका मेघराज प्रसाद यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका दिपेश कुमार साहले संयुक्त रुपमा शुक्रबार फेरी अर्काे प्रेस विज्ञप्ती जारी गर्दै चैत ५ गतेकाे निर्वाचनमा धाँधली भएकाे भन्दै आपति जनाएकाे हाे ।

१० विद्यार्थी संगठन र समुहहरुले विज्ञप्ती मार्फत हामी ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा व्यापक धांधली, फर्जी मतदाताको प्रयोग, र निर्वाचन प्रक्रियामा अनियमिता भएको ठहर गर्दै गम्भीर आपत्ति व्यक्त गरेका छन् । साथै उनीहरुले निर्वाचन अधिकृत र क्याम्पस प्रमुख दुबैको राजीनामा समेत माँग गरेका छन् ।

नयाँ क्याम्पस प्रमुख र नयाँ निर्वाचन कमिटि गठन गरी निष्पक्ष छानबिन भई पुनः निर्वाचन गराउन उनीहरुकाे माँग रहेकाे छ । यदि हाम्रो माँगलाई बेवास्ता गरियो भने कडा भन्दा कडा आन्दोलनको कार्यक्रम घोषणा गरिने १० विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

यस्ताे माग गर्नेमा नेकपा एमाले, माओवादी केन्द्र, जसपा नेपाल, जसपा, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका दल निकटका विद्यार्थी संगठन र केही स्वतन्त्र विद्यार्थी समुहहरु रहेका छन् । नेपाली कांग्रेस निकट नेवि संघ र नेवि संघ कै वागी उम्मेदवार लगायत केही चैत ५ गते कै मतदानकाे मतगणना गर्नु पर्ने पक्षमा रहेका छन् । 

नेपाल विद्यार्थी समुहले शुक्रबार प्रदर्शन गर्दै बन्द रहेकाे मतगणना गर्नु पर्ने माग समेत गरेकाे छ । मतपेटिकामा सिलबन्दी नम्बर नमिलेपछि बिहिबार भएकाे विवाद कारण निर्वाचन समितिले मतगणना स्थगित गरेकाे थियाे । त्यसपछि दुई चिरामा विद्यार्थी संगठनहरु विभाजित भएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...