Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजवादी प्रेस संगठन पर्साकाे चाैथाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको चौंथो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा सहभागी हुने निर्णय गरेको छ ।

साथै बैठकले गत मंसिरको २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको बिषयमा पनि गम्भीर रुपमा समिक्षा गरेको छ ।पत्रकार महासंघ पर्साको निर्वाचनमा गठबन्ध भित्रैबाट घात भएका कारण संगठनका उम्मेदवारहरुले हार व्यवहोर्नु परेको बैठककाे निश्कर्ष छ । अगामी दिनमा नयाँ ढङ्गले संगठन प्रस्तुत हुने समेत बैठकले निर्णय गरेको संगठन पर्साका सचिव बिनोद पटेलले जानकारी दिए ।

वैठकमा वाेल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं पर्सा सह–इन्चार्ज मनोज चौधरीले संगठनलाई कृयाशिल बनाउ पर्ने वताए । उनले संगठन र पार्टी भित्रका केही अराजक ब्यक्तिहरुले अझै पनि पार्टी र संगठनलाई कमजाेर बनाउन गतिविधि गरिरहेकाले त्यस्तालाई चाँडै पार्टीबाट पनि कारवाही गरिने वताए । 

नेकपा (एकीकृत समाजवादी) पर्साका कार्यवाहक अध्यक्ष शंकर कुमार कर्णले सिंगाे जिल्ला कमिटी संगठनकाे साथमा रहेकाे भन्दै कसैलाई नआत्न आग्रह गरे । उनले संगठनलाई कमजाेर बनाउने गतिविधिमा लागेकाहरुकाे बारेमा पार्टीले केन्द्रमा पहल थालिसकेकाे वताउँदै चाँड नै समस्या समाधान हुने वताए ।

नेपाल पोष्ट मिडियाकाे कार्यालयमा बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्यद्वय रेबिन्द्र कार्की, मनोज कुमार पटेल, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनाेद पटेल, काेषाध्यक्ष संताेष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, दिपु बर्णवाल, प्रदिप गुप्ता, अमाेद शर्मा, श्रवण साह, रन्जिता गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...