Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

प्रेस चाैतारी पर्साकाे अध्यक्षमा दुबै उम्मेदवारकाे बराबर मत, आधा आधा कार्यकालकाे जिम्मेवारी

spot_img
spot_img

वीरगंज । प्रेस चाैतारी पर्साकाे निर्वाचनमा अध्यक्षका दुबै उम्मेदवारकाे बराबर मत आएकाे छ । अध्यक्षका उम्मेदवार तुलसी भण्डारी र निरंजन मिश्रकाे बराबर मत आएकाे निर्वाचन समितिले जनाएकाे छ ।

दुबै अध्यक्षका उम्मेदवारकाे ४६-४६ मत आएपछि आधि आधि कार्यकालकाे जिम्मेवारी दिइएकाे निर्वाचन समितिका महेश दासले जानकारी दिए । गाेला पर्थाबाट भएकाे निर्णय अनुसार पहिलाे कार्यकालकाे निरन्जन मिश्र र दाेस्राे कार्यकालकाे तुल्सी भण्डारीले जिम्मेवारी पाएकाे नेकपा एमाले पर्साका सचिव समेत रहेका महेश दासले वताए ।

यसैगरी नवनिर्वाचित समितिकाे उपाध्यक्षमा राजेन्द्र सिंह राजपुत, महिला उपाध्यक्ष लक्ष्मी खरेल, सचिवमा कृष्ण कुशवाहा, सह सचिवमा पानालाल प्रसाद साह, मन्सुर खान, काेषाध्यक्षमा सन्ताेष पटेल विजयी भएका हुन् ।

यसैगरी समितिकाे सदस्यमा राजु बैठा, राम कुशवाहा, नविन कार्की, नितेश कुमार कर्ण, कृष्ण प्रसाद श्रीवास्तव, शैलेश गुप्ता, बिरेन्द्र साह, राजन कुमार सिंह, अर्जुन प्रसाद गुप्ता, बलिराम यादव, राजन बानिया विजयी भएका हुन् ।

यसैगरी केन्द्रिय परिषद सदस्यमा सुषमा शर्मा, किरण राज पाण्डे, संजिव कुमार मिश्र, आरसी यादव र प्रदेश परिषद सदस्यमा निलम पंत, शेखर छतकुली, युवराज खड्का, धर्मेन्द्र चाैरसिया विजयी भएका छन् ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...