Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

मूर्ति सेलाउँन जादा नदीमा डुबेर १ विद्यार्थीको मृत्यु, १४ घण्टा पछि शव फेला

spot_img
spot_img

वीरगंज । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थीको शव १४ घण्टापछि फेला परेको छ ।

राजदेवी नगरपालिका वडा न‌ं. ७ मुडवलवाका विद्यार्थीहरू मध्ये वर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए । आफन्तको खबरपछि सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहटबाट खटिई गएको संयुक्त टोलीले खोजी गर्दै जाँदा बुधबार बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।

मंगलबार सरस्वती माताको मुर्ति बिसर्जन गर्ने क्रममा रौतहटको राजदेवी नगरपालिका वडा न. ६ स्थित बागमती नदीमा राजदेवी-७ मुडवलवा निवासी एवम् प्रा.बि .कटरवनका प्रअ उमेश यादवको २२ वर्षीय छोरा सुरज यादवको शव फेला परेको हाे ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...

वीरगंज–२६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका–२६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । एक समारोहका बीच वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख...