Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

बारामा ६३ किलो गाँजा सहित दुईवटा मोटरसाईकल बरामद

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले ठुलो मात्रामा अबैध लागुऔषध गाँजासहित २ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगंज खजानीबाट खटिएको प्रहरीको टोलीले सुवर्ण गाउँपालिका वडा नं ३ बकतौरा स्थित नेपालबाट भारततर्फ लैजाने क्रममा ४ पोकामा ६३ किलो २०० ग्राम अबैध लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको हाे ।

प्रहरीले बकतौरामा लैजाने क्रममा बागमती प्रदेश ०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकलमा ६३ किलो अबैध लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीलाई हेरेर चालक फरार भएकाले मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता सापकोटाले बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई तेलीको निधन

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको असामयिक निधन भएको छ । बहुदरमाई नगरपालिका–६ निवासी...

ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख युवराज कटवालको सरुवा, दीपेन्द्र श्रेष्ठ आउने

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ५०९ जना...

एसियाली खेलकुदको अन्तिम छनोटमा पर्साका राज यादव सफल, जापानमा नेपालको प्रतिनिधित्व गर्ने

वीरगंज । पर्साको पोखरिया नगरपालिका–शिवर्वाका राष्ट्रिय कुस्ती खेलाडी राज यादवले जपानमा हुने २०औँ एसियाली खेलकुद (Aichi-Nagoya 2026) को अन्तिम छनोटमा सफलता हासिल गर्दै नेपालको...