Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

साउथजाेन माविकाे १६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय वीरगंजले आफ्नो १६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।

वार्षिकोत्सव अवसरमा विद्यालयले आइतबार वीरगंजस्थित साह दरबार होटेलमा विशेष औपचारिक कार्यक्रमको आयोजना गरेकाे थियाे । कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वीरगंजकाे शैक्षिक क्षेत्रलाई मजबुत बनाउन साउथ जोन माध्यमिक विद्यालयले पुर्‍याएको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको बताए । साथै, विद्यालयका विद्यार्थीहरू शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट रहेको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्षभर सञ्चालन भएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । साथै, नृत्य तथा गायन प्रतियोगिताहरूको आयोजना समेत गरियो ।

गायन प्रतियाेगिताकाे निर्णायक मण्डलमा रजनिश निराैला, सुर्य शुभचिन्तक र मनाेज पटेल रहेका थिए । प्रतियोगिताका विजेता र उपविजेताहरूलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा प्रदेशसभा सदस्य रहबर अन्सारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउत, आनन्द लामिक्षाने, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, नेपाल पत्रकार महासङ्घ पर्साकी उपाध्यक्ष नीलिमा पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत विभिन्न सङ्घ-संस्थाका प्रमुख, प्रतिनिधिहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे संचालन विद्यालय सहायक प्रधानाध्यापक अशाेक संग्राैलाले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका प्रमिला निराैलाले राखेकी थिइन । कार्यक्रम मै विद्यालयकाे बर्ष भरिकाे मुख्य गतिविधिकाे बारेमा विद्यार्थीहरुद्वारा तयार पारिएकाे पत्रिकाकाे विमाेचन समेत गरिएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...