Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा ७९ लाखकाे लागतमा काेल्ड स्टाेर निर्माण हुँदै, गापा अध्यक्ष यादवद्वारा शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मधुवाहा टाेलमा काेल्ड स्टाेर निर्माण हुने भएकाे छ । रु ७९ लाख ३६ हजारकाे लागतमा निर्माण हुने काेल्ड स्टाेरकाे शुक्रबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिलान्यास गरेका छन् । 

काेल्ड स्टाेरकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले ठेक्दारलाई समय मै निर्माण कार्य पुरा गर्न निर्देशन दिए । उनले काेल्ड स्टाेर निर्माणले जगरनाथपुर गाउँपालिका लगायत यस क्षेत्रकाे कृषकहरु लभान्वित हुने वताए ।

संघ सरकारकाे सहयाेगमा गाउँपालिकाले काेल्ड स्टाेर निर्माण गर्न लागेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । 

यसैगरी जगरनाथपुर गाउँपालिका कै वडा नं. ४ साेहपुरस्थित सार्वजनिक जग्गामा पाेखरी खन्न लागिएकाे छ । दुई विग्हा सार्वजनिक जग्गा खन्न लागिएकाे पाेखरियाकाे पनि गाउँपालिका अध्यक्ष यादवले शिलान्यास गरेका हुन् ।

साे अवसरमा  प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय, जगरनाथपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सुबाष यादव, वडा नं. ५ बिहारी महताे नुनिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...