Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जगरनाथपुरमा ७९ लाखकाे लागतमा काेल्ड स्टाेर निर्माण हुँदै, गापा अध्यक्ष यादवद्वारा शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मधुवाहा टाेलमा काेल्ड स्टाेर निर्माण हुने भएकाे छ । रु ७९ लाख ३६ हजारकाे लागतमा निर्माण हुने काेल्ड स्टाेरकाे शुक्रबार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले शिलान्यास गरेका छन् । 

काेल्ड स्टाेरकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले ठेक्दारलाई समय मै निर्माण कार्य पुरा गर्न निर्देशन दिए । उनले काेल्ड स्टाेर निर्माणले जगरनाथपुर गाउँपालिका लगायत यस क्षेत्रकाे कृषकहरु लभान्वित हुने वताए ।

संघ सरकारकाे सहयाेगमा गाउँपालिकाले काेल्ड स्टाेर निर्माण गर्न लागेकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए । 

यसैगरी जगरनाथपुर गाउँपालिका कै वडा नं. ४ साेहपुरस्थित सार्वजनिक जग्गामा पाेखरी खन्न लागिएकाे छ । दुई विग्हा सार्वजनिक जग्गा खन्न लागिएकाे पाेखरियाकाे पनि गाउँपालिका अध्यक्ष यादवले शिलान्यास गरेका हुन् ।

साे अवसरमा  प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय, जगरनाथपुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सुबाष यादव, वडा नं. ५ बिहारी महताे नुनिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...