Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानी सहित पर्साकाे विभिन्न ठाउँमा खिचड़ी (माघी) महोत्सव मनाइयाे

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नं. २ सेढवामा खिचड़ी (माघी) महोत्सव मंगलबार सम्पन्न भएको छ । आदिवासी थारु समुदायको थारु संम्बत २६४९ सालको नयाँ बर्षको अवसरमा जिराभवानी गाँउपालिकाको प्रायोजन तथा यूवा प्रगतिशील समाज नेपालको आयोजनामा भएकाे कार्यक्रम सम्पन्न भएको हाे ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन प्रदेश सांसद शंकर प्रसाद चौधरीले गरेका थिए । साे कार्यक्रममा थारु समुदायको परम्परागत संस्कृति, भाषा, पहिरन, पहिचानको संरक्षणका लागि बिभिन्न किसिम्मको गीत संगीत प्रस्तुत गरिएका थियाे ।

कार्यक्रममा थारु समुदायमा परम्परागत सामग्री माछा मार्ने खोकी तथा बेवालाई प्रदर्शनी रुपमा राखिएका थिए । यसका साथै समुदायमा हाबी रहेका बिकृती तथा बिसंगतीलाई न्यूणीकरण गर्न बिभिन्न किसिम्मको गीत तथा नाटकहरु प्रदर्शन गरिएकाे थियाे।

कार्यक्रममा थारु खानाको परिकार अन्तर्गत माछा, घोङ्गी, परेवाका मासु, हासको मासु लगायतका सामग्रीहरुको प्रदर्शनीमा राखिएका थिए । कार्यक्रममा राष्ट्रिय थारु कलाकार ममता चौधरी र बिभिन्न बिद्यालयका छात्रछात्राहरुको नृत्य पनि प्रस्तुत गरिएकाे थियाे ।

यसका साथै जिल्लाको वीरगंजस्थित स्वीमिंग पुल, पर्सागढी नगरपालिकाको बढनियार, सखुवाप्रसौनी गाउँपालिकाकाे पंचगावा, जिराभवानी गाउँपालिकाकाे वडा नं १ को पकडीटोलामा पनि माघी तथा खिचडी महोत्सव मनाईएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...