Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानी सहित पर्साकाे विभिन्न ठाउँमा खिचड़ी (माघी) महोत्सव मनाइयाे

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नं. २ सेढवामा खिचड़ी (माघी) महोत्सव मंगलबार सम्पन्न भएको छ । आदिवासी थारु समुदायको थारु संम्बत २६४९ सालको नयाँ बर्षको अवसरमा जिराभवानी गाँउपालिकाको प्रायोजन तथा यूवा प्रगतिशील समाज नेपालको आयोजनामा भएकाे कार्यक्रम सम्पन्न भएको हाे ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन प्रदेश सांसद शंकर प्रसाद चौधरीले गरेका थिए । साे कार्यक्रममा थारु समुदायको परम्परागत संस्कृति, भाषा, पहिरन, पहिचानको संरक्षणका लागि बिभिन्न किसिम्मको गीत संगीत प्रस्तुत गरिएका थियाे ।

कार्यक्रममा थारु समुदायमा परम्परागत सामग्री माछा मार्ने खोकी तथा बेवालाई प्रदर्शनी रुपमा राखिएका थिए । यसका साथै समुदायमा हाबी रहेका बिकृती तथा बिसंगतीलाई न्यूणीकरण गर्न बिभिन्न किसिम्मको गीत तथा नाटकहरु प्रदर्शन गरिएकाे थियाे।

कार्यक्रममा थारु खानाको परिकार अन्तर्गत माछा, घोङ्गी, परेवाका मासु, हासको मासु लगायतका सामग्रीहरुको प्रदर्शनीमा राखिएका थिए । कार्यक्रममा राष्ट्रिय थारु कलाकार ममता चौधरी र बिभिन्न बिद्यालयका छात्रछात्राहरुको नृत्य पनि प्रस्तुत गरिएकाे थियाे ।

यसका साथै जिल्लाको वीरगंजस्थित स्वीमिंग पुल, पर्सागढी नगरपालिकाको बढनियार, सखुवाप्रसौनी गाउँपालिकाकाे पंचगावा, जिराभवानी गाउँपालिकाकाे वडा नं १ को पकडीटोलामा पनि माघी तथा खिचडी महोत्सव मनाईएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...