Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जिराभवानीका अति बिपन्न परिवार, खर काटेर गुजारा गर्दै

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । जंगलको सिमासंग जोडेका जिराभवानी गाउँपालिकाका अति बिपन्न परिवारले खर काटेर गुजारा गर्दै आएका छन । वडा नं. ५ मा रहेका हरैया तथा सखुवनिया गरिब जनताहरुले जंगलमा रहेका खर काटी बिक्री गरेका आम्दानी गरिरहेका छन ।

अहिले जाडोको मौषममा काम नभएका समयमा जंगलको नर्सरीमा दैनिक खर काटी यहाका करिब पचास वटा परिवारहरुले आम्दानी गरी जीवन चलाइरहेका छन । बिशेष गरी मुसहर, चमार तथा थारु समूदायका गरिब परिवारहरुको यस कार्यमा सहभागिता रहेकाे छ ।

जिराभवानी गाउँपालिका वडा नं. ५ हरैयाका असिया देवीले दैनिक ६/७ बोझा खर काट्ने गरेको बताइन । खरका बोझालाई जंगल बाहिर राखेर सुकाउन र ६० रुपैया प्रति बोझाको दरमा बिक्री गर्ने गरेको देवीले बताईन । जिल्लाका दक्षिणी भेगका जनताहरुले खरको बोझा खरिद गरी लैजाने गरेका छन ।

हरैया कै भोजराज रामका अनुसार खरकै भर दर्जनौ परिवार गुजारा चलाईरहेका बताए । यस बेला ज्यालादारी काम पनि नभएकाले परिवारका सम्पूर्ण सदस्यहरु खर काट्ने काममा लागेका तथा सोको बिक्री गरी आएका रकमबाट अति आवश्यक बस्तुको आवश्यकता पूरा गरिरहेको रामले बताए ।

खर काट्ने समयमा बिरुवालाई सुरक्षित राखेर काम गरेको रामको भनाई रहेका छन । सब डिबिजन बन कार्यालय बसन्तपुरका प्रमुख वन अधिकृत रघुनाथ दासका अनुसार खर काट्ने कामले बिरुवालाई फाइदा पुगेको बताए । बृक्षारोपण गरैका बिरुवा खरले च्यापेको हुँदा बृद्धि र बिकास नै रोकिएको हुन्छ ।

खर कटानीले बिरुवालाई फाइदा पुग्नुको साथै बिपन्न परिवारलाई साहारा बनेको अधिकृत दासले बताए। साथै खर ढलेपछि डढेलो लाग्ने जोखिम बढेका कारण खर कटानी गर्नु राम्रो रहेको अधिकृत दासले बताए । तर बिरुवालाई कुनै किसिमको क्षति पुग्नु भएन त्यसका लागि बेला बखतमा वनकर्मीहरुले निगरानी गरिरहेको दासको भनाई रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...