Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीका अति बिपन्न परिवार, खर काटेर गुजारा गर्दै

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । जंगलको सिमासंग जोडेका जिराभवानी गाउँपालिकाका अति बिपन्न परिवारले खर काटेर गुजारा गर्दै आएका छन । वडा नं. ५ मा रहेका हरैया तथा सखुवनिया गरिब जनताहरुले जंगलमा रहेका खर काटी बिक्री गरेका आम्दानी गरिरहेका छन ।

अहिले जाडोको मौषममा काम नभएका समयमा जंगलको नर्सरीमा दैनिक खर काटी यहाका करिब पचास वटा परिवारहरुले आम्दानी गरी जीवन चलाइरहेका छन । बिशेष गरी मुसहर, चमार तथा थारु समूदायका गरिब परिवारहरुको यस कार्यमा सहभागिता रहेकाे छ ।

जिराभवानी गाउँपालिका वडा नं. ५ हरैयाका असिया देवीले दैनिक ६/७ बोझा खर काट्ने गरेको बताइन । खरका बोझालाई जंगल बाहिर राखेर सुकाउन र ६० रुपैया प्रति बोझाको दरमा बिक्री गर्ने गरेको देवीले बताईन । जिल्लाका दक्षिणी भेगका जनताहरुले खरको बोझा खरिद गरी लैजाने गरेका छन ।

हरैया कै भोजराज रामका अनुसार खरकै भर दर्जनौ परिवार गुजारा चलाईरहेका बताए । यस बेला ज्यालादारी काम पनि नभएकाले परिवारका सम्पूर्ण सदस्यहरु खर काट्ने काममा लागेका तथा सोको बिक्री गरी आएका रकमबाट अति आवश्यक बस्तुको आवश्यकता पूरा गरिरहेको रामले बताए ।

खर काट्ने समयमा बिरुवालाई सुरक्षित राखेर काम गरेको रामको भनाई रहेका छन । सब डिबिजन बन कार्यालय बसन्तपुरका प्रमुख वन अधिकृत रघुनाथ दासका अनुसार खर काट्ने कामले बिरुवालाई फाइदा पुगेको बताए । बृक्षारोपण गरैका बिरुवा खरले च्यापेको हुँदा बृद्धि र बिकास नै रोकिएको हुन्छ ।

खर कटानीले बिरुवालाई फाइदा पुग्नुको साथै बिपन्न परिवारलाई साहारा बनेको अधिकृत दासले बताए। साथै खर ढलेपछि डढेलो लाग्ने जोखिम बढेका कारण खर कटानी गर्नु राम्रो रहेको अधिकृत दासले बताए । तर बिरुवालाई कुनै किसिमको क्षति पुग्नु भएन त्यसका लागि बेला बखतमा वनकर्मीहरुले निगरानी गरिरहेको दासको भनाई रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...