Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

गान्धिवादी नेता निधिको जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण

spot_img
spot_img
वीरगंज ।  नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा गान्धिवादी नेता महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक लोकार्पण भएको छ । वीरगंजस्थित नेपाली कांग्रेस पर्साकाे पार्टी कार्यलयमा भएकाे एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री रमेश रिजालले सो पुस्तकको लोकार्पण गरेका हुन् ।
 
पुस्तक लाेकार्पण गर्दै पुर्व मन्त्री रिजालले स्व. महेन्द्र नारायण निधि मधेशका नेता भएपनि सम्पुर्ण नेपाली जनताको मनमा आफ्नो स्थान बनाएकाे वताए । उनले नेपाली जनतालाई अधिकार दिलाउन निधिले आफ्नो पुरै जीवन अर्पण गरेकाे वताउँदै महात्मा गान्धीको बाटो हिडेर नेपालमा प्रजातान्त्र ल्याउन उनले ठूलो भुमिका खेलेकाे वताए ।
 
नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति राम नारायण कुर्मीले नेपाली कांग्रेसका स्व. गान्धी वादी नेता महेन्द्र नारायण निधीको जिवनी बारे राष्ट्रपतिबाट मंसिर ५ गते लोकार्पण भएपनि मधेसको जिल्लामा पनि उहाँको विचार बारे जानकारी गराउन आफू र आफ्नो सहयोगि मार्फत आजको कार्यक्रमको आयोजना गरिएकाे बताए ।
 
उनले स्व. निधीको जिवनी बारे अहिलेका पुस्ताले आत्मसात गरि अगाडि बढ्न जरुरी रहेको बताए । समाजवादी अहिंसावादि नेताको रुपमा रहेका स्व. निधी बारे अहिलेका पुस्ताले ज्ञान आर्जन गर्न जरुरी रहेको पनि उनले बताए ।
 
पुस्तक लोकार्पण पुस्तकका लेखक किसोर नेपालले बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि यो पुस्तक सङ्ग्रहणीय हुने बताए ।
 
 
नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति कुर्मीले गरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्साका वरिष्ठ पत्रकार चन्द्र किसोर झा, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपल थापा, प्रदेश सभा सदस्य श्याम पटेल, वीरगंज महानहरपालिकाका उपमेयर इम्तियाज आलम, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, पुस्तकका प्रकाशक रुचि श्रेष्ठ लगायत नेपाली कांग्रेस पर्साका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा स्वागत मन्तव्य कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे राखेका थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...