Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पोखराबासीले आजदेखि सिधै धाराबाट आउने शुद्ध खानेपानी पिउन पाउने छन : मन्त्री यादव

spot_img
spot_img

पोखरा । खानेपानीमन्त्री प्रदीप यादवले पर्यटकिय नगरी पोखराबासीले आजदेखि सिधै धाराबाट आउने शुद्ध खानेपानी पिउन पाउने बताउनु भएको छ ।

आज पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थान अन्तर्गत सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरुको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “माछापुच्छ्रेको काखबाट शुद्ध खानेपानी पोखरामा ल्याएका छौँ, आजबाट शुद्ध र सुरक्षित खानेपानी बितरण सुरु भएको छ, जुन पानी शुद्ध अनि सफा छ, सिधै धाराबाट पिउन सकिने छ ।”

यसैगरी मन्त्री यादवले यसभन्दा अघि पोखराबासीले वर्षातको समयमा हिलो मिसिएको पानी खानु पर्ने अवस्था रहेकोमा आजका मितिबाट यहाँका नागरिकहरुको उक्त पीडा सधा सधाका लागि समाप्त भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार पोखराबासीलाई शुद्ध खानेपानी खुवाउनका लागि तयार छ, हामीले मेलम्ची पछिको ठूलो आयोजना सम्पन्न गरी पोखराबासीलाई शुद्ध पानी खुवाउन सफल भएका छौँ । अब पोखराबासीले हिलो मिसिएको पानी खानु पर्ने अवस्था आउने छैन्, आजबाट हिलो मिसिएको पानी धारामा आउँछ भन्ने गुनासो पनि समाप्त भएको छ ।”

आज पानी बितरण गर्नका लागि उद्घाटन गरिएको यस परियोजनाले पोखरा महानगरपालिका क्षेत्रका नागरिकहरुलाई स्वच्छ, सुरक्षित, र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउँदै जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने मन्त्री यादवले बताउनुभयो ।
“जापान सरकार र नेपाल सरकारबीचको यो सहकार्यले विकास निर्माणका परियोजनाहरूलाई समयमै सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको छ,” उहाँले भन्नुभयो, “यसका लागि जापान सरकार जाईकाप्रति हार्दिक आभार व्यक्त गर्दै खानेपानीका क्षेत्रमा थप सुधारका लागि हाम्रो प्रतिबद्धता जारी रहनेछ ।”

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधी, स्थानीयवासीको सहयोग समर्थनमा पोखरामा शुद्ध खानेपानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवले माछापुच्छ्रेबासीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अतिथिदेवो भव: पोखरा महानगरपालिकाका १९ वडामा रहेका कम्तिमा पनि चार लाख नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउनुभयो, तपाईहरुका समस्याको समाधानका लागि म सहित सिङ्गो मन्त्रालय तयार रहेको छ ।”

आजदेखि दैनिक चार करोड लिटर शुुद्ध र सुरक्षित खानेपानी यो ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरि पठाउने भएकाले पोखरामा अब पानीको समस्या कहिले नहुँने मन्त्री यादवको दाबी छ । उहाँले भन्नुभयो, “पोखरामा आजबाट बितरण गरिएको पानीमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर खानेपानीमा हुने भौतिक, रसायनिक र सक्ष्म जैविक तत्वको मात्रा र स्तर निर्धारण गरिएको छ, ढुक्कका साथ पिउँन सकिने छ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले कोलपाटन खानेपानी ट्याङ्की पोखरा महानगरपालिका वडा नं १५ मा बन्दै गरेको र केही प्राविधिक समस्याले पोखरा विमानस्थल कार्यालयले रोकेका कारण पुरा नभएको एवं उक्त समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयका मन्त्री ज्युसँग छलफल गरी चाडै समस्याको समाधान गरिने जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “कोलपाटन खानेपानी ट्याङ्कीको विषयमा चिन्ता लिनु पर्ने अवस्था छैन, कस्ले समस्या बनाएको हा सरकारले चिनेको छ, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले जानकारी पाईसक्नु भएको छ, जनता सर्वोपरि छ, जनतालाई शुद्ध खानेपानी दिनमा रोकावट गर्नेलाई छुट दिईदैन ।”

पोखरामा खानेपानी आयोजना सम्पन्न गर्नमा सहयोग गर्ने पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य, विन्नि राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, समाजसेवी एवं सम्पूर्ण स्थानीयवासीलाई मन्त्री यादवले धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...