Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

जसपा नेपालकी महिला नेतृ सर्राफ जनमत पार्टीमा प्रवेश

spot_img
spot_img

वीरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकी महिला नेतृ रेनु सर्राफ जनमत पार्टीमा प्रवेश गरेकी छिन् । जसपा नेपालको समाजवादी महिला संघको वीरगंज महानगर अध्यक्षसमेत रहेकी सर्राफ बिहीबार जनमत पार्टीमा प्रवेश गरेकी हुन् ।

पहिलो मधेस मधेस आन्दोलनमा सक्रिय भूमीका निर्वाह गरेकी नेतृ सरार्फलाई बिहीबार वीरगंजस्थित जनमत पार्टीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफ लगायतका नेताले खादा लगाएर पार्टीमा स्वागत गरे । यस्तै वीरगंज महानगरपालिका वडा नम्बर ११ का युवा राजु गुप्तापनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा जनमत पार्टी केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, नेतृ रम्भा मिश्रा, महिला जनमत संघकी जिल्ला अध्यक्ष अन्जना गुप्ता, केदार पटेल, किसुन देव यादव, युवा नेता राजुराज गिरी, रेखा सरार्फ लगायतकाको पनि उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...