Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

“इन्टरनेशनल स्टुडेन्टस् डे”काे अवसरमा वादविवाद एवम् नृत्य प्रतियोगिता

spot_img
spot_img

वीरगंज ।  उत्तम नेपाल वीरगंज, पर्साको आयोजनामा आइतबार वादविवाद एवम् सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

“इन्टरनेशनल स्टुडेन्ट डे”काे अवसरमा भएको सामुदायिक विद्यालयहरु विच भएकाे वादविवाद एवम् सांस्कृतिक नृत्य प्रतियोगिताको उद्घाटन मधेस विश्व विद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्यले गरेका थिए ।

प्रतियाेगिता उद्घाटन गर्दै उपकुलपति डा. शाक्यले विद्यार्थीहरुले पाठ्यक्रममा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्ने वताए । उनले विद्यार्थीहरु साेसल मिडियाकाे प्रयाेग कम गर्नु पर्ने वताउँदै पढाईकाे साथ साथै आफुलाई मन पर्ने अतिरिक्त क्रियाकलापमा लाग्नु पर्ने सुझाए । 

बिपिएस भवनमा भएको वादविवाद प्रतियोगितामा सिद्धार्थ माद्यामिक विद्यालय प्रथम, नेपाल रेल्वे माद्यामिक विद्यालय दोस्रो र श्री नेपाल राष्ट्रिय गिता गजेन्द्रराज जोशी माद्यामिक विद्यालय तेस्रो भएको थियो ।

यसैगरी नृत्य प्रतियोगितामा श्री नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माद्यामिक विद्यालय प्रथम, सुरजी देवी माद्यामिक विद्यालय दोस्रो र नेपाल रेल्बे माद्यमिक विद्यालय तेस्रो भएको आयोजकले संस्थाका अध्यक्ष विट्टु गुप्ताले जानकारी दिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा एन प्याब्सन वीरगंज महानगरका अध्यक्ष एवं सगरमाथा एकेडेमी प्रधानाध्यापक जियालाल गुप्ता र संकल्प लोक सेवाका प्रबन्ध निर्देश अशोक साह रहेका थिए ।

उत्तम नेपालका संस्थापक फिरोज अन्सारीको अध्यक्षतामा भएको प्रतियोगितामा मुनलाईट स्कुलका प्रबन्ध निर्देशक शुलभ केसी, गरिमा सोनी, आयुषमा सोनी लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...