Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

प्राइम कमर्सियल बैंकको वार्षिकाेत्सवमा ८० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । प्राइम कमर्सियल बैंकको १७ औं वार्षिकाेत्सवकाे अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बैंककाे वीरगंजस्थित आदर्शनगर शाखाको भवनमा भएकाे कार्यक्रममा ८ महिला सहित ८० जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा मेघनाथ सोनार, बिन्दु सिंह क्षेत्री, मर्यादा थापा, नितेश कुमार, रीता साह, गजेन्द्र कुमार कलवार, लालबबाबु महतो, अरबिन्द कुमार गुप्ता, अर्जुन चौधरी, दिलिप सिक्दर, बिकास कुमार गुप्ता लगायतले रक्तदान गरेकाे रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयाेजक अभिलाष गुप्ताले जानकारी दिए ।

सो रक्तदान कार्यक्रममा प्राइम कमर्सियल बैंकको मधेस प्रदेशको सिजन्ल मैनेजर भाष्कर मल्ल ठकुरी, वीरगंज शाखाका प्रमुख मेघनाथ सोनार, कविता श्रेष्ठ, मर्यादा थापा, सालु सिंह, रिता साह, रुचि साह लगायतको उपस्थिती रहेकाे थियाे ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा सिद्धार्थ बैंक, सिटिजन बैंक, लक्ष्मी बैंक, एनमबी बैंक लगायतका कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा, मनिष गुप्ता, नमित चौरसिया लगायतकाे टोलिले प्राविधिक सहयाेग गरेकाे थियाे ।

यसैगरी बैंककाे बार्षिकाेत्सवकाे अवसरमार बुटवल, पोखरा, सुर्खेत, बिराटनगर र काठमाडौं कमलपोखरी शाखामा पनि रक्तदानको कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...