Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

साहिब दरबारको वार्षिकोत्सवमा ८६ विद्यार्थीलाई स्कूल ब्याग वितरण

spot_img
spot_img

वीरगंज । साहिब दरबारको ५ औँ वार्षिकोत्सवाको अवसरमा बिहिबार एक कार्यक्रमका विच त्रिजुद्ध माविमा बालविकास कक्षामा अध्ययनरत ८६ जना विधार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।

साहिब दरबार सिवान भारतका संस्थापक एवम् सरकार जि महाराजले बालविकास कक्षाका शिशुहरुलाई व्याग प्रदान गरेका थिए । कार्यक्रममा साहिब दरबार वीरगंजका संरक्षक एवम वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि वीरगंज महानगरपालिकाले विभिन्न निकायको सहयोगमा काम गर्दै आएको बताए ।

उनले वीरगंजकाे शैक्षिक क्षेत्रमा १ शताब्दी भन्दा बढी समयदेखि त्रिजुद्ध माविले खेलेको भुमिकाको सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताउँदै दरबार हाई स्कूलपछि देशकै दोश्रो विधालयको रुपमा त्रिजुद्ध मावि रहेको दाबी गरे । कार्यक्रममा आजका बालबालिका भोलीका देशका कर्णधार भएको हुँदा बालबालिकाको शिक्षामा विषेश जोड दिनुपर्ने कुरामा साहिब दरबारका संस्थापक सरकार जि महाराजले जोड दिए ।

विधालयका प्रधानाध्यापक नविन कुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतको सिवानबाट आएका साधुहरु, वीरगंजका समाजसेवीहरु, शिक्षविद, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख सिंहसहितको टोलीले विधालयको अनुगमन समेत गरेको थियो । त्रिजुद्ध माविमा हाल ४ हजार ४ सय ८६ विधार्थीहरुले अध्यन्न गर्दै आइरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...