Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

वीरगंजकाे दुई ठाउँमा भएकाे कार्यक्रममा ९३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । दूर्गा पूजा सेवा समिति श्रीपुरकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज ११ श्रीपुरमा भएकाे कार्यक्रममा ५६ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

श्री नवरात्री महोत्सवको उपलक्ष्यमा श्रीपुरको जानकी मन्दिर परिसरमा भएकाे कार्यक्रममा ५ महिलासहित ५६ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार रगतदान गर्नेहरुमा आंशु कुमारी पटेल, सिम्रन मण्डल, आयुष वर्यावाल, माधव साह, रीनादेवी, पुष्पा गिरी, रितु मण्डल, विक्की साह, सन्नी साह, राजदेव साह, सुनिल महतो कहार लगायतका रहेका छन् ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेकपा एमालेका नेता सुन्दर कुर्मी, दुर्गा पूजा सेवा समितिका पदाधिकारी, सदस्य, स्थानीय समाजसेवी लगायतको पनि सहभागीता रहेको थियो ।

यसैगरी नेपाल फर्मास्युटिकल एसोसियसन मधेस प्रदेश र फार्मा क्लब वीरगंजकाे संयुक्तकाे आयाेजनामा शनिबार नै रक्तदान कार्यक्रम सम्पन्न भएकाे ।  

वीरगंजकाे श्रीपुरस्थित मधेस विश्वविद्यालयको प्रांगणमा भएकाे कार्यक्रममा ६ महिलासहित ३७ जनाले रगदान गरेका हुन् । रगत दान गर्नेहरुमा प्रियंका झा, पुष्पा कुमारी, सुनिता कुमारी ठाकुर, सत्या यादव, खुश्बु नेसा खातुन,ओम जयसवार, ओमकार रेग्मी, आाजाद अन्सारी लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएकाे छ ।

उक्त रक्तदान कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, रजिष्टार विजय यादव, नेपाल फर्मास्युटिकल एसोसियसन मधेस प्रदेशका अध्यक्ष शशीकान्त ठाकुर, फार्मा क्लब वीरगंजका अध्यक्ष निरज कुमार गिरी लगायतको पनि उपस्थिती रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...