Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

spot_img
spot_img

वीरगंज । वीरगंजमा शुक्रबार एक कार्यक्रमको बिच “मुरिद तेरा” हिन्दी गीत सार्वजनिक भएको छ । वीरगंज कै कलाकारहरुले बनाएको “मुरिद तेरा” हिन्दी गीतलाई कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाकाे वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले सार्वजनिक गरेका हुन ।

वीरगंज विर्तामा रहेको स्मोकी हाउसमा वडा अध्यक्ष परागले स्क्रीनमा प्ले गरेर गीतलाई सार्वजनिक गरेका थिए । गीतलाई सार्वजनिक गर्दै वडाध्यक्ष परागले पछिल्लो समयमा लोप हुँदै गएको संगीत र संगीतकारहरु बिच आशा र कलाकारहरुमा संगीतमा लग्नशीतला देखाएको छ । उनले यो गीतमा हिन्दी र नेपालीको समिश्रणले अत्याधिक राम्रो देखिएको टिप्पणी गरे ।

यस क्षेत्रका कलाकारहरुको सम्मान र आधारभुत आवश्यकता पुरा हुन नसकेकाले दुख व्यक्त गरे । उनले कलाकारहरुको सम्मान र आधारभुत आवश्यकताहरुलाई पहल गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरे । कार्यक्रममा सहभागीहरु स्थानीय कलाकारहरुले हिन्दीमा बनाएको गीत अत्याधिक राम्रो र प्रशंसा गर्न योग्य रहेको सुनाएका थिए ।

गीतमा वीरगंजका लोकप्रिय युवा गायक सदाम हुसेनले संगीत भरेका छन । भने वीरगंज कै युनिक आजम र निलम भट्टले अभिनय गरेका छन ।

गीत सार्वजनिक कार्यक्रममा समाजसेवी डा. सुष्मा तिवारी, प्रकाश थारु, शिक्षक सुलभ केसी, शिक्षक मार्टिन मोक्तान, युवा नेता ओमप्रकाश सरार्फ, युवा अभियन्ता देवेश गुप्ता, पत्रकार तिवारी यादव, कलाकार अशोक प्रधान, भोजपुरी गायक सुनिल पंडित लगायतकाको सहभागीता रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री...

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना...

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै...