Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

आम विद्यार्थी माेर्चाद्वारा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी कायम गराउन प्रदर्शन

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी निकटका आम विधार्थी मोर्चाले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको अभाव रहेको भन्दै आन्दोलन सुरु गरेको छ । बुधबार राष्ट्रिय शिक्षा दिवस मनाइरहँदा मधेसका विधार्थीहरू शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित सडकमा उत्रिएका छन् ।

विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीकाे कायमकाे माग गर्दै आम विद्यार्थी माेर्चाले वीरगंजमा वृहत खबरदारी र्‍याली निकालेका छन् ।  खबरदारी र्‍यालीले वीरगंज बजार परिक्रममा गर्दै घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । काेण सभालाई आम विद्यार्थी माेर्चाका इन्चार्ज उमेश कुशवाहा लगायतका नेताहरु सम्बाेधन गरेका थिए ।

यसैगरी राैतहटकाे गौरमा आयोजित प्रदर्शनमा विधार्थी, शिक्षक, अभिभावक र स्थानीयको सहभागिता रहेको थियो । आम विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा भएकाे प्रदर्शनमा सहभागीहरूले शिक्षकको अभावले मधेसको शिक्षा प्रणालीलाई प्रभावित बनाएको आरोप लगाए ।

विधार्थी मोर्चाका अध्यक्ष साहले पटक–पटक सरकारलाई शिक्षकको व्यवस्था गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । “मधेसको शिक्षालाई सरकारले योजनाबद्ध रूपमा तहसनहस गर्न खोजिरहेको छ,” उनले भने । साहले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराईमाथि मधेस विरोधी गतिविधिमा संलग्न भएको आरोप समेत लगाए ।

आन्दोलनको क्रममा विधार्थी मोर्चाले मधेस प्रदेशभर प्रदर्शन गरिरहेको छ । आजपाले पनि आन्दोलनलाई समर्थन गर्दै कार्तिक ५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ । यसअघि, भदौ २५ देखि ३० सम्म विद्यालयस्तरीय संघर्ष समिति गठन गर्ने, असोज २ देखि ४ सम्म विशेष प्रदर्शन गर्ने, असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

शिक्षा ऐनअनुसार तराई मधेसमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको भए पनि सो मापदण्डअनुसार शिक्षकको व्यवस्था नगरेकोमा आक्रोशित विद्यार्थीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजपाका अध्यक्ष प्रभु साहले पनि प्रधानमन्त्री ओलीमाथि मधेस विरोधी गतिविधिमा लागेको गम्भीर आरोप लगाएका छन् । फेसबुक मार्फत साहले ओली सरकारको राणाकालीन शैलीमा तर्साउने कार्यलाई भत्र्सना गरेका छन् ।

आन्दोलनमा उत्रिएका विधार्थी, शिक्षक र अभिभावकहरूलाई धन्यवाद दिँदै साहले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारलाई कडा चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...