Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

आम विद्यार्थी माेर्चाद्वारा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी कायम गराउन प्रदर्शन

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी निकटका आम विधार्थी मोर्चाले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको अभाव रहेको भन्दै आन्दोलन सुरु गरेको छ । बुधबार राष्ट्रिय शिक्षा दिवस मनाइरहँदा मधेसका विधार्थीहरू शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित सडकमा उत्रिएका छन् ।

विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीकाे कायमकाे माग गर्दै आम विद्यार्थी माेर्चाले वीरगंजमा वृहत खबरदारी र्‍याली निकालेका छन् ।  खबरदारी र्‍यालीले वीरगंज बजार परिक्रममा गर्दै घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । काेण सभालाई आम विद्यार्थी माेर्चाका इन्चार्ज उमेश कुशवाहा लगायतका नेताहरु सम्बाेधन गरेका थिए ।

यसैगरी राैतहटकाे गौरमा आयोजित प्रदर्शनमा विधार्थी, शिक्षक, अभिभावक र स्थानीयको सहभागिता रहेको थियो । आम विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा भएकाे प्रदर्शनमा सहभागीहरूले शिक्षकको अभावले मधेसको शिक्षा प्रणालीलाई प्रभावित बनाएको आरोप लगाए ।

विधार्थी मोर्चाका अध्यक्ष साहले पटक–पटक सरकारलाई शिक्षकको व्यवस्था गर्न माग गर्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । “मधेसको शिक्षालाई सरकारले योजनाबद्ध रूपमा तहसनहस गर्न खोजिरहेको छ,” उनले भने । साहले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराईमाथि मधेस विरोधी गतिविधिमा संलग्न भएको आरोप समेत लगाए ।

आन्दोलनको क्रममा विधार्थी मोर्चाले मधेस प्रदेशभर प्रदर्शन गरिरहेको छ । आजपाले पनि आन्दोलनलाई समर्थन गर्दै कार्तिक ५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेको छ । यसअघि, भदौ २५ देखि ३० सम्म विद्यालयस्तरीय संघर्ष समिति गठन गर्ने, असोज २ देखि ४ सम्म विशेष प्रदर्शन गर्ने, असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

शिक्षा ऐनअनुसार तराई मधेसमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको भए पनि सो मापदण्डअनुसार शिक्षकको व्यवस्था नगरेकोमा आक्रोशित विद्यार्थीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजपाका अध्यक्ष प्रभु साहले पनि प्रधानमन्त्री ओलीमाथि मधेस विरोधी गतिविधिमा लागेको गम्भीर आरोप लगाएका छन् । फेसबुक मार्फत साहले ओली सरकारको राणाकालीन शैलीमा तर्साउने कार्यलाई भत्र्सना गरेका छन् ।

आन्दोलनमा उत्रिएका विधार्थी, शिक्षक र अभिभावकहरूलाई धन्यवाद दिँदै साहले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारलाई कडा चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...