Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पकहाँ मैनपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा साह

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा देवनाथ साह हाजिर भएका छन् । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदाै ३१ गते अधिकृत साहलाई पकहाँ मैनपुरमा सरुवा गरेपछि बुधबार उनी हाजिर भएका हुन् ।

गाउँ कार्यपालिकाकाे कार्यालय पमहाँ मैनपुरमा हाजिर हुन पुगेका अधिकृत साहलाई गाउँपालिका अध्यक्ष सुरेश मेहतासहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका थिए । बुधबार नै अधिकृत साह पदभार ग्रहण समेत गरेका हुन् ।

पकहाँ मैनपुरकाे प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चाैधरीकाे छिपहरमाई गाउँपालिकामा सरुवा भएपछि पकहाँ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेकाे थियाे । पकहाँ मैनपुरकाे नयाँ प्रमुख प्रशासकिय अधिकृतकाे लागि थ्रुपै नाम चर्चा चलेपनि अन्त समान्य प्रशासन मन्त्रालयले साहलाई पठाएकाे थियाे ।

यस अघि पर्सा कै पटेर्वा सुगाैली गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत रहेका साहकाे केही दिन पहिला मात्र त्यहाँबाट सरुवा भएकाे थियाे ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...