Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पकहाँ मैनपुरकाे प्रमुख प्रशासकिय अधिकृतमा साह

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा देवनाथ साह हाजिर भएका छन् । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदाै ३१ गते अधिकृत साहलाई पकहाँ मैनपुरमा सरुवा गरेपछि बुधबार उनी हाजिर भएका हुन् ।

गाउँ कार्यपालिकाकाे कार्यालय पमहाँ मैनपुरमा हाजिर हुन पुगेका अधिकृत साहलाई गाउँपालिका अध्यक्ष सुरेश मेहतासहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका थिए । बुधबार नै अधिकृत साह पदभार ग्रहण समेत गरेका हुन् ।

पकहाँ मैनपुरकाे प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चाैधरीकाे छिपहरमाई गाउँपालिकामा सरुवा भएपछि पकहाँ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेकाे थियाे । पकहाँ मैनपुरकाे नयाँ प्रमुख प्रशासकिय अधिकृतकाे लागि थ्रुपै नाम चर्चा चलेपनि अन्त समान्य प्रशासन मन्त्रालयले साहलाई पठाएकाे थियाे ।

यस अघि पर्सा कै पटेर्वा सुगाैली गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत रहेका साहकाे केही दिन पहिला मात्र त्यहाँबाट सरुवा भएकाे थियाे ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...