Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

खानेपानी मन्त्री यादवद्वारा निर्माणधीन पानी प्रशोधन केन्द्रकाे अवलाेकन

spot_img
spot_img

काठमाडौँ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार जापान सरकारको सहयोगमा निर्माणाधीन “पोखरा खानेपानी सुधार आयोजना” अन्तर्गत ओभरहेड ट्याङ्की, पानी प्रशोधन केन्द्र लगायत महत्वपूर्ण पूर्वाधारहरुको अवलाेकन गरेका छन् ।

अवलाेकनकाे क्रममा उनले आयोजनाको हालसम्मको प्रगति, त्यसका चुनौतीहरु र भावी योजनाहरूको बारेमा गहिरो जानकारी समेत लिएका हुन् । सो क्रममा मन्त्री यादवले विशेष रुपमा आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की निर्माणमा देखिएका अवरोधको समाधानका निमित्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरुसँग छलफल समेत गरेका थिए ।

“हाम्रो प्राथमिकता भनेकै यस आयोजनालाई अवरोधमुक्त बनाउँदै समयमै सम्पन्न गर्नु हो,” उनले भने, “समयमै यो आयोजना सम्पन्न गर्न सबै सम्बद्ध पक्षहरुबीच समन्वय हुन आवश्यक छ ।” पोखरा खानेपानी सुधार आयोजना नेपाल सरकार र जापान सरकारको संयुक्त प्रयासमा अघि बढाइएको एउटा महत्वाकाङ्क्षी योजना हो ।

यस आयोजनाले पोखराका हजारौं घरधुरीलाई शुद्ध, सुरक्षित र भरपर्दो खानेपानीको आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ । आधुनिक प्रशोधन केन्द्रहरुको स्थापना र ओभरहेड ट्याङ्कीहरुको निर्माणमार्फत पोखरामा खानेपानीको अभाव हटाउने यो आयोजना जनताको दीर्घकालीन आवश्यकता पूरा गर्ने उद्देश्यले सञ्चालन भइरहेको छ ।

मन्त्री यादवले आयोजना सम्पन्न भएसँगै पोखराका नागरिकलाई स्वच्छ र भरपर्दो पानीको सुनिश्चितता हुने विश्वास व्यक्त गरे । उनले आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउँदै अवरोधहरू समाधान गर्न प्राविधिक र प्रशासनिक पक्षलाई एकजुट भएर काम गर्न आह्वान समेत गरे ।

उनले भने, “हामीले जनतामा भरोसा कायम राख्नुपर्छ । खानेपानीजस्तो आधारभूत सेवाको काममा बाधा अवरोध सृजना हुन दिनुह हुँदैन । म सबै कर्मचारीलाई यसै आत्मभावनाका साथ कार्यप्रवाहित हुन आग्रह गर्दछु ।”

मन्त्री यादवले अवरोध समाधानका निमित्त प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग समेत छलफल गर्ने बताए । उनले भने, “हामी समस्या समाधानको बाटो खोजौं, आवश्यक परे म सम्मानीय प्रधानमन्त्रीज्यू र पर्यटन मन्त्रीज्यूसँग समेत छलफल गरेर यस समस्याको निकास निकाल्छु ।”

पोखरा खानेपानी सुधार आयोजनाको निरीक्षणपछि मन्त्री यादवले जनताको सेवामा कुनै प्रकारको अवरोध सह्य नहुने बताए । आयोजनाको सफलताका लागि सम्पूर्ण निकायहरूबीचको समन्वयलाई प्राथमिकता दिदै उनले समयमै आयोजना सम्पन्न गर्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता समेत जनाए ।

यस्तै मन्त्री यादवले पोखरास्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल खानेपानी संस्थानको पोखरा कार्यालयमा समेत भ्रमण गर्नुहुँदै त्यहाँ कार्यरत कर्मचारीहरुसँग छलफल गरेका थिए । सो क्रममा उनले कार्यालयको गतिविधिहरूको समीक्षा गर्दै कर्मचारीहरूलाई जनताका अपेक्षाहरु पूरा गर्ने गरी तत्कालिन रुपमा सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिए ।

उनले भने, “जनतामा अहिले खानेपानीको अभावका कारण निराशा हुनुहुन्छ । हाम्रो दायित्व भनेकै उहाँहरूलाई निराशालाई सकारात्मक नतिजामा बदल्नु हो । तपाईंहरूको सक्रियतामा कुनै कमी हुनु हुँदैन । योजनाहरु कार्यान्वयन गर्दै अघि बढ्नका लागि हामी सबै एकजुट हुनुपर्छ ।”

मन्त्री यादवले जनतासँगको सम्पर्क र संवादलाई बलियो बनाउन आग्रह गर्दै खानेपानीको समस्या समाधानका लागि स्थानीय निकाय र सरोकारवालासँग सहकार्य गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...