Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

बरिष्ठ पत्रकार पाण्डेको निधन, पत्रकार महासंघद्वारा शाेक ब्यक्त

spot_img
spot_img

वीरगंज । वीरगंजका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । काठमाण्डौको महाराजगंज स्थित शिक्षण अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको बिहिवार अपरान्ह निधन भएको नेपाल पत्रकार महासघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए ।

पत्रकार पाण्डेलाई मस्तिष्कघात भएको थियो । भदौ १४ गते पत्रकार पाण्डेलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएको थियो । पत्रकार पाण्डेका एक छोरा र एक छोरी छिन ।

उनका कान्छा छोरा सिजन पाण्डे जनयु्द्धमा राज्यपक्षबाट मारिएका थिए । उनी जनयुद्धमा शहीद भएका थिए । 

जिल्ला प्रशासन कार्यालय पर्सामा जागीरे जीवनमा रहेका पाण्डेले जागीर त्यागेर पत्रकारिता गरेका थिए । पत्रकारिताको माध्यमले निमुखा श्रमजीवीको पक्षमा आवाज उठाउदै आएका पत्रकार पाण्डेले चीर बिश्राम लिएका छन ।

पछिल्लो समय पत्रकार पाण्डे बाराको डुमरबाना बस्दै आएका थिए । सुर्दशन राज पाण्डेको निधनले पर्सेली पत्रकारिताले एउटा असल अभिभावक गुमाएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले बताए 

यता नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडाैंले शोक व्यक्त गरेकाे छ । नेपाल पत्रकार महासंघका महासचिव राेशन पुरीले बिहिबार शाेक वक्तव्य जारी गर्दै वरिष्ठ पत्रकार पाण्डेको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएका छन् । 
 
महासंघले स्वर्गीय पत्रकार पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेकाे छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना समेत व्यक्त गरेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...