Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

बरिष्ठ पत्रकार पाण्डेको निधन, पत्रकार महासंघद्वारा शाेक ब्यक्त

spot_img
spot_img

वीरगंज । वीरगंजका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । काठमाण्डौको महाराजगंज स्थित शिक्षण अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको बिहिवार अपरान्ह निधन भएको नेपाल पत्रकार महासघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए ।

पत्रकार पाण्डेलाई मस्तिष्कघात भएको थियो । भदौ १४ गते पत्रकार पाण्डेलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएको थियो । पत्रकार पाण्डेका एक छोरा र एक छोरी छिन ।

उनका कान्छा छोरा सिजन पाण्डे जनयु्द्धमा राज्यपक्षबाट मारिएका थिए । उनी जनयुद्धमा शहीद भएका थिए । 

जिल्ला प्रशासन कार्यालय पर्सामा जागीरे जीवनमा रहेका पाण्डेले जागीर त्यागेर पत्रकारिता गरेका थिए । पत्रकारिताको माध्यमले निमुखा श्रमजीवीको पक्षमा आवाज उठाउदै आएका पत्रकार पाण्डेले चीर बिश्राम लिएका छन ।

पछिल्लो समय पत्रकार पाण्डे बाराको डुमरबाना बस्दै आएका थिए । सुर्दशन राज पाण्डेको निधनले पर्सेली पत्रकारिताले एउटा असल अभिभावक गुमाएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले बताए 

यता नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडाैंले शोक व्यक्त गरेकाे छ । नेपाल पत्रकार महासंघका महासचिव राेशन पुरीले बिहिबार शाेक वक्तव्य जारी गर्दै वरिष्ठ पत्रकार पाण्डेको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध भएको जनाएका छन् । 
 
महासंघले स्वर्गीय पत्रकार पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना पनि गरेकाे छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना समेत व्यक्त गरेकाे छ ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...

प्रहरी प्रदेश कार्यालय वीरगंजमा नयाँ प्रमुख, एसएसपी मगरद्वारा पदभार ग्रहण

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् । नेपाल...