Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पोखरीयाका मेयरलाई कांग्रेसले बुझायो ८ बुँदे ज्ञापनपत्र

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसले पर्साको पोखरिया नगरपालिकामा ८ बुँदे मागसहितको ज्ञाापननत्र बुझाएकोे छ । नेपाली काांग्रेस पोखरिया नगर कार्य समितिले नगरपालिकाको बजेट, योजना , कार्यक्रम लगायतसंग सम्बन्धित ८ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेस नगर कार्य समितिका सभापति रामबाबु प्रसाद चौहानले पोखरिया नगरपालिकाबाट भईरहेका सम्पूर्ण कामकाजको सम्बन्धमा कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको र त्यस बारेमा सोमबार मेयर प्रधुमन चौहानलाई ८ बुँदे ज्ञापनपत्र बझुाइएको बताए ।

कांग्रेसको ज्ञापनपत्रमा चालु आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत खारेज गरी जग्गाको वर्गीकरण र मूल्यांकन वैज्ञानिक ढङ्गले गर्नुपर्ने, सिफारिस शुल्क सहज र सुलभ बनाउनु पर्ने, अन्य शीर्षकमा गरिएको कर वृद्धि खारेज गर्नुपर्ने, नागरिकले कानुन बमोजिम सूचना माग्दा कानुनले तोकेको समयावधि भित्र सरल र सहज तरिकाले सूचना उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यस्ततै हाट बजारको ठेक्का र कर असुली पारदर्शी गर्नुपर्ने, नगर प्रहरीले दादागिरी शैलीबाट हाट बजार शुल्क उठाउदै आएकोमा त्यसलाई रोक्नुपर्ने, शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने, विकास निर्माणको काममा पारदर्शिता र सुशासन कायम गर्नु पर्ने, नगरपालिकामा कार्यरत कर्मचारीहरुको ८ महिनादेखि रोकिएको तलब यथाशिघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने, पोखरियामा नगरसभा गृहको लागी जग्गा उपलब्ध गराउन पहल गर्नु पर्ने माग कांग्रेसको छ ।

यी मागहरु यथाशिघ्र सम्वोधन नभएमा कांग्रेस पार्टी विरोधका कार्यक्रमसहित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत कांग्रेस पोखरिया नगर कार्यसमितिले दिएको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा कांग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण चौहान, कांग्रेस युवा नेता तथा पूर्व मेयर दिपनारायण रौनियार लगायतका नेताकार्यकर्ताहरुको पनि सहभागीता थिथयाो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...