Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा आमासंगै नदीमा नुहाउन गएका दुई बालककाे डुबेर मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा ऋषिपंचमिको अवसरमा आमासंग नदिमा नुहाउन गएका दुई बालककाे डुबेर मृत्यु भएकाे छ ।

मसिहानीस्थित सिर्सा खोलामा आमासंगै नुहाउन गएका भारत बिहार बन्कटवाका अनरजित पटेलको छोरा ८ बर्षिय अभिषेक पटेल
र भारत बिहार कै सिक्टाका बृजेश ठाकुरको छोरा १० बर्षिय गुल्सन ठाकुरकाे डुबेर मृत्यु भएकाे स्थानियहरुले वताएका छन् ।

स्थानियका अनुसार मृतक दुबै बालक हाल मसिहानीस्थित मामा घर बस्दै आएका थिए । मृतक बालक अनरजित मसिहानी स्थित रामनाथ पटेल र अर्का मृतक बालक गुल्सन मसिहानी स्थित नै रामायण ठाकुर हजामकाे घरमा बस्दै आएका थिए ।

दुबै बालकहरु रक्षाबन्धनमा आमाहरुसंगै मसिहानी आएका थिए । त्यति खेरदेखि नै मसिहानी मै उनीहरु बस्दै आएका थिए ।

मसिहानीस्थित माईतिघर आएकी रन्जिता देवी पटेल र गान्धी देवी ठाकुरसंगै आइतबार दिउसाे दुई बजे ऋषिपंचमिको अवसरमा दुबै बालक गाउँ कै नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा दुबै बालककाे खोलामा डुबेर मृत्यु भएकाे स्थानियहरुकाे खबर पश्चात इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन ढकाल नेतृत्वकाे प्रहरी टाेली पुगेकाे थियाे ।

स्थानियहरु मृत अवस्थामा दुबै बालकहरुलाई दिउसाे ३;४० बजे खोलाबाट आफै निकालि प्रहरीलाई खबर गरेकाे प्रहरी निरिक्षक ढकालले वताए । दुबै शव पोस्टमार्टमको लागी नारायणी अस्पताल पठाई घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक ढकालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...