Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

भिस्वा निवासी महतोले पाण्डेसँग मिली करोडौ रकम ठगी गरेको आराेप

spot_img
spot_img

वीरगंंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी रमेश महतोले स्थानियहरुसँग करोडौ रकम ठगी गरेको खुलासा भएको छ । झण्डै एक दर्जन स्थानियहरुलाई जग्गा नामसारी गराईदिने झासा दिएर महतोले आफ्ना साथी प्रमोद पाण्डेसँग मिली सो रकम ठगी गरेकाे आराेप लागेकाे छ ।

वीरगंजका एक चिर्चित व्यक्तिको नाममा रहेको जग्गा स्थानियहरुलाई खरिद बिक्री गराई दिने प्रपंच रची धोकाधडी गरी रकम ठगी गरेको स्थानियहरुले आरोप लगाएका छन् ।

पर्साको धोविनी गाउँपालिकास्थित भेडिहारी, गदियानी, तिनडोविया, रबिदास र मुर्ली लगायतको टोलमा रहेको जग्गाहरुलाई जग्गा धनीसँग कुरा मिलाई दिएको तथा पैसा दिएको केहि दिन भित्र नामसारी गराई दिने भन्दै महताले स्थानियहरुसँग रकम कलेक्शन गरेका हुन् ।

आफु जग्गाधनीको विश्वासपात्र भएको दावी गर्दै आएका महतो ठग रहेको थाहा पाएपछि स्थानियहरु न्यायका लागि गुहार गरेका छन् । जग्गा खरिद गर्नका लागि स्थानियहरुले रकम दिएको ५ देखि ६ बर्ष सम्म भइसक्दा समेत हाल सम्म जग्गा नामसारी नभएपछि उनी ठग दलाल रहेको भन्दै न्यायका लागि स्थानियहरुले छिपहरमाई गाउँपालिकाको न्याय समितिमा उजुरी दिएका छन् ।

छिपहरमाई गाउँपालिकाका वासदेव राउत, अविका महतो, इद्रिस मिया, अशोक पटेल, नन्दु साह, बिनोद कमर्कड, राजकुमार गुप्ता लगायतका व्यक्तिहरुसँग बैना बापत नगद तथा चेक मार्फत पैसा लिएको बर्षौ बर्ष बित्दा समेत जग्गा नपाएपछि स्थानियहरु बिचल्लीमा परेका छन् ।

त्यती मात्र नभई छिपहरमाई गाउँपालिकाका निवासी सुरेन्द्र शर्माले १० बिगहा जग्गा खदिर गराई दिने भन्दै महताले १ करोड ४० रुपैया लिएको दावी गरेका छन् । समयमा जग्गा नामसारी नहुने देखेपछि पैसा फिर्ताका लागी ताकेता गर्दा महतोले चेक दिएको तथा पटक पटक बैंक पुग्दा चेक वाउन्स भएको शर्माले बताए ।

उनले महतो नटवरलाल भएको तथा आफु सहित निमुका गरिब मजदुरी गरी खानेहरुको रकम दमपंच गर्न पछिल्लो समय अनेकन तिकडिम अपनाई रहेको बताए । उनले दिएको चेक साटन पटक पटक बैंक धाएको तथा हरेक पटक चेक वाउन्स भएको शर्माले बताए । त्यता ठगलाई कारवाहीका लागि आफु सम्मानित पर्सा जिल्ला अदालतसम्म पुगेको तथा न्याय पाउँनेमा आफु आशावादी रहेको शर्माले बताए ।

तर पछिल्लो समय उनले गुण्डा र दलालहरुको प्रयोग गरी पैसा नलिएको भन्दै अनेक किसिमका धाकधम्की दिदै आएको शर्माको भनाई छ । छिपहरमाई गाउँपालिकाकै अविका महतोले जग्गाको मोल फाइनल भइसक्दा समेत पटक पटक जग्गाधनीका बिश्वास पात्र प्रमोद पाण्डेसँग मिलेर दलाली खानको लागि जग्गाको दाम बढाएको तथा बैनाको पैसा फर्काउनु छ भन्दै जग्गाधनीसँग समेत महतो पैसा ठगेको बताए । उनले आफुहरु सह्रै अन्यायमा परेको भन्दै गाउँपालिकादेखि प्रहरी प्रशासन सम्म हार गुहार गरी रहेको दुखेसो पोखे ।

न्यायका लागि स्थानियहरुले सयुक्तरुपमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् भने जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी दिने तयारी गरेका छन् । काज किर्ते गरेको तथा रकम ठगी गरेको भन्दै महतो र पाण्डेमाथी हदैसम्मको कारवाही गर्नु पर्ने स्थानियहरुको माग छ । कुरा मिलाउँन उनीहरुले स्थानियहरुलाई एक/एक गरी बोलाउँने गरेको तथा बिभिन्न किसिमका प्रलोभन समेत दिने गरेका छन् ।

सो सम्बन्धमा छिपहरमाई गाउँपालिकाका न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष ललिता देवीसँग बुझदा गाउँपालिकामा ५/६ जनाले उजुरी दिएको बताइन् । रकम लिएर जग्गा नामसारी नभएको भन्दै स्थानियहरुले प्रमोद पाण्डे र रमेश महतोमाथी ठगी गरेको वारे उजुरी आएको उपाध्यक्ष देवीले बताइन् ।

उनले सो सम्बन्धमा उनीहरुलाई उपस्थितका चिठी काटिएको भएपनि उपस्थित नभएको बताइन् । दुवै पक्षको कुरा सुनेपछि मात्र दोषीको हो ? यकिन हुने तथा पिडित पक्षले न्याय पाउँनेमा आफु आशावादी रहेको उपाध्यक्ष देवीको भनाई छ । पैसा लिए बापत रमेश महतो र प्रमोद पाण्डेले प्रमाणको लागि स्थानियहरुलाई भरपाई तथा चेक दिएका थिए । स्थानियहरुसँग चेक तथा भरपाई सुरक्षित रहेको छ ।

यता रमेश महतोले आफु निर्दोष रहेको तथा आफु पैसा नलिएको वताउँदै सबै पैसा प्रमोद पाण्डेले लिएको र उनले नै सबैलाई भरपाई दिएको दावी गरे । पाण्डेले मलाई समेत ठगेको उनको भनाई छ । चेक वाउन्सको सन्दर्भमा भने आफुले कसैसँग पैसा नलिएको तथा चेक समेत नदिएको महतोको दावी छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...