Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मधेस विश्वविद्यालयको वार्षिकोत्सवमा रक्तदान

spot_img
spot_img

वीरगंज । मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवकाे अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित विश्व विद्यालय परिसरमा भएकाे कार्यक्रममा ३ महिला सहित ३५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमकाे उद्घाटन मधेश प्रदेश पूर्व मुख्यमन्त्री लालबाबु राउतले रक्तदान गरेर गरेका थिए । साे कार्यक्रममा मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, रानी साह, राजु यादव, प्रभु साह,अलताब आलम, दीपक चौरसिया, रिया चौहान, अनिष पटेल, महम्मद जियाउल हक, राजु राउत गद्दी, पवन यादव लगायतले रक्तदान गरेकाे रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यको अध्यक्षता र पूर्व मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, डाक्टर हरेराम ठाकुर, श्याम पोख्रेल, पत्रकार राम सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...