Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

मधेस विश्वविद्यालयको वार्षिकोत्सवमा रक्तदान

spot_img
spot_img

वीरगंज । मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवकाे अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित विश्व विद्यालय परिसरमा भएकाे कार्यक्रममा ३ महिला सहित ३५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमकाे उद्घाटन मधेश प्रदेश पूर्व मुख्यमन्त्री लालबाबु राउतले रक्तदान गरेर गरेका थिए । साे कार्यक्रममा मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, रानी साह, राजु यादव, प्रभु साह,अलताब आलम, दीपक चौरसिया, रिया चौहान, अनिष पटेल, महम्मद जियाउल हक, राजु राउत गद्दी, पवन यादव लगायतले रक्तदान गरेकाे रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यको अध्यक्षता र पूर्व मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, डाक्टर हरेराम ठाकुर, श्याम पोख्रेल, पत्रकार राम सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...