Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

प्रेस युनियन पर्साको साधरणसभा भदौं २८ गते गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेपाल प्रेस युनियन पर्साको ११ औं वार्षिक साधरणसभा यहि भदौं २८ गते हुने भएको छ । वीरगन्जमा शनिबार बसेको प्रेस युनियन पर्साको बैठकले भदौं २८ गते वीरगन्जमा साधरणसभा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले केन्द्रि कार्यसमितिको निर्देशन अनुसार साधरणभाकै दिन नेपाल पत्रकाार महासंघको निर्वाचनका लागि युनियन पर्साको जिल्ला भेला आयोजना गर्ने निर्णयपनि गरेको युनियन पर्साका उपाध्यक्ष अलीअसगर देवानले जानकारी दिए । यसका साथै बैठकले युनियन पर्साका उपाध्यक्ष देवानकै संयोजकत्वमा ५ सदस्यिय साधरणसभा तयारी समितिपनि गठन गरेको छ । समितिको सदस्यहरुमा कपिलदेव यादव, सन्जय गुप्ता, जंगबहादुर पटेल र हुकुमसिंह राजपूत रहेका छन् ।

बैठकले साधरणसभाका लागि केन्द्रिय प्रतिनिधी माग गर्ने तथा यसअघिको युनियनको जिल्ला अधिवेशनमा छुटेका सदस्यहरुलाई समेट्ने निर्णयपनि गरेको उपाध्यक्ष देवानले बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान ,कोषाध्यक्ष कपिलदेव यादव ,सदस्यहरु राकेश चौरसिया, नूर आलम, हुकुमसिंह राजपुत, जंगबहादुर पटेल, ओमप्रकाश चौधरी, सन्जय गुप्ता लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...