Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रेस युनियन पर्साको साधरणसभा भदौं २८ गते गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । नेपाल प्रेस युनियन पर्साको ११ औं वार्षिक साधरणसभा यहि भदौं २८ गते हुने भएको छ । वीरगन्जमा शनिबार बसेको प्रेस युनियन पर्साको बैठकले भदौं २८ गते वीरगन्जमा साधरणसभा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले केन्द्रि कार्यसमितिको निर्देशन अनुसार साधरणभाकै दिन नेपाल पत्रकाार महासंघको निर्वाचनका लागि युनियन पर्साको जिल्ला भेला आयोजना गर्ने निर्णयपनि गरेको युनियन पर्साका उपाध्यक्ष अलीअसगर देवानले जानकारी दिए । यसका साथै बैठकले युनियन पर्साका उपाध्यक्ष देवानकै संयोजकत्वमा ५ सदस्यिय साधरणसभा तयारी समितिपनि गठन गरेको छ । समितिको सदस्यहरुमा कपिलदेव यादव, सन्जय गुप्ता, जंगबहादुर पटेल र हुकुमसिंह राजपूत रहेका छन् ।

बैठकले साधरणसभाका लागि केन्द्रिय प्रतिनिधी माग गर्ने तथा यसअघिको युनियनको जिल्ला अधिवेशनमा छुटेका सदस्यहरुलाई समेट्ने निर्णयपनि गरेको उपाध्यक्ष देवानले बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान ,कोषाध्यक्ष कपिलदेव यादव ,सदस्यहरु राकेश चौरसिया, नूर आलम, हुकुमसिंह राजपुत, जंगबहादुर पटेल, ओमप्रकाश चौधरी, सन्जय गुप्ता लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...