Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेशनल मेडिकल क्लेजद्वारा इन्ट्रा क्लेज क्विज प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजको नेशनल मेडिकल क्लेजमा एमबिबिएसमा अध्ययनरत बिधार्थीहरु बिच पैथोलोजी बिषयमा क्विज प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियाेगिताकाे उद्घाटन नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले गरेका थिए । प्रतियाेगिताकाे उद्घाटन गर्दै एकडेमिक निर्देशक अंसारीले याे कार्यक्रमकाे पहिलो शुरुवात भएकाे वताउँदै अगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रमम बिशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारी, एडमिशन निर्देशक आबिद हुसेन अंसारी, प्रो.डा.के.एन.सिहँ, प्रो.डा.ए.के कोसी, प्रध्यापक डा.रबी शंकर,प्रध्यापक डा.सरोज देव, नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रो.डा.ए.एन.ठाकुर लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतियागितामा २० समूह गरी ४० जना सहभागी रहेका थिए । जसमध्य ६ समूह बीच फाइनल राउन्ड सम्पन्न भएको थियो । फाइनल राउन्डमा ३ समूह बिजेता भएको थियो ।

प्रथम बिजेता बिशाल गोवाली र अभिषेक कोईराला दोस्रो बिजेता ईशा सर्मा र आरुषा मैनाली र तेस्रो बिजेता सागर कोइराला र अंशु लामिछाने भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...