Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

लिटलबडीले विभिन्न प्रतियाेगिता गरेर तिज मनायाे

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकीमा रहेकाे लिटल बडी प्रि स्कुलकाे आयाेजनामा बुधबार तिजकाे अवसरमा विभिन्न प्रतियाेगिता सम्पन्न भएकाे छ ।

वीरगंजस्थित त्रिशला रेष्टुरेन्टमा भएकाे कार्यक्रमकाे उद्घाटन डा. प्रिति यादवले गरेकी थिइन । उनले कार्यक्रममा सहभागिहरुलाई तिज पर्वकाे शुभकामना दिदै यस्ताे कार्यक्रम वीरगंजमा पहिलाे पटक लिटल बडि प्रि स्कुल आयाेजना गरेकाे भन्दै प्रशंसा समेत गरिन ।

लिटल बडी प्रि स्कुलमा प्रिन्सपल बिजय वालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एडु केयर किड्स फाउन्डेसनकी प्रिन्सपल माैसमी राणा, प्याबसन पर्साका सचिव राहुल श्रीवास्तव, प्याबसन वीरगंजका महानगरका सचिव शनी पाख्रिन, काेषाध्यक्ष सुरज बाबु पटेल, वीरगंज युवा समाजका कमल चाैगाई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, राेट्याक्ट क्लब अफ वीरगंज मेट्राेसिटीका अध्यक्ष दिपु बर्णवाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा भएकाे कार्यक्रममा स्लाे डान्स कम्पिटिसन, ग्रुप डान्स, फैसन साे कम्पिटिसन लगायतका प्रतियाेगिता समेत आयाेजना गरिएकाे थियाे । प्रतियाेगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएका स्कुलकी कार्यक्रम संयाेजक प्रतिभा चाैरसियाले वताइन ।

कार्यक्रमकाे संचालन स्वेता मिश्राले गरेकी थिइन भने स्वागत नृत्य मार्फत रिया राैनियार, सुरुची पराजुली र पुजा प्रजापतीले गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...