Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरिया नगरपालिकामा तिज बिशेष कार्यक्रम सम्पन्न

spot_img
spot_img

शैलेश गुप्ता/
पाेखरिया । पर्साकाे पोखरिया नगरपालिकाकाे आयोजनामा बुधबार तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ। पोखरिया नगरपालिकाकाे वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानको अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पोखरिया नगरपालिकाकी उप प्रमुख रूबी कुमारी ठाकुरले गरेकी थिइन ।

पोखरिया बजारमा रहेको नवनिर्मित पोखरेश्वर महादेव मन्दिरको प्राङ्गणमा भएकाे कार्यक्रममा महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे । कार्यक्रममा वाेल्ने वक्ताहरुकाे तिजकाे माैलिकता बचाएर तिज मनाउनु पर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, लेखापाल मन्दिप महतो, वडाध्यक्षहरु केदार महतो चाई, महेन्द्र प्रसाद चौहान, नौशाद आलम, पोखरिया नगरपालिका अन्तर्गतका वडा नम्बर १ देखी १० सम्मका महिला वडा सदस्यहरु, महिला कार्यपालिका सदस्यहरु, नेकापा एमाले नगर सचिव सन्तोष गिरी, रेडक्रास पोखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मी, समाजसेवी दीपक ठाकुर लगायतकाे सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नरेन्द्र साह कानूले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...