Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

हरिखेतानका विद्यार्थीहरुलाई नैतिक सीप सम्बन्धि प्रशिक्षण

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजकाे आयाेजनामा विद्यार्थीकाे लागि नैतिक सीप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आदर्शनगरस्थित त्रिशुला होटलमा भएकाे कार्यक्रममा कक्षा १२ मा अध्ययनरत ३ सय भन्दा बढी विद्यार्थीहरु सहभागि थिए ।

- Advertisement -

निमित क्याम्पस प्रमुख किशोरी राय यादवको सभापतित्व भएकाे कार्यक्रमकाे उद्घाटन समाजसेवी डाक्टर रामआवतर खेतानले गरेका थिए । साे कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई नैतिक सीप सम्बन्धि प्रशिक्षण दिइएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका डाक्टर खेतानले विद्यार्थी जिवनमा उच्च शिक्षा हासिल संगसंगै ब्यवहारीक शिक्षाको पनि जरुरी रहेको बताए । हामीले अहिले हासिल गरिरहेको शिक्षा नैतिक खासै नभएकोले विद्यार्थीहरुले नैतिक शिक्षाको ज्ञान लिन आवश्यकता रहेको उनले बताए ।

उनले भने “विद्यार्थीहरुले केवल जागिर मात्र खान भनेर उच्च शिक्षा हासिल गर्ने होइन, समाजिक कार्य र ब्यापारी क्षेत्रमा पनि उतिकै महत्त्वपूर्ण योगदान गर्न सकिन्छ ।”

कार्यक्रममा मानवसेवा आश्रम मधेस प्रदेशका संयोजक देवेश गुप्ताले नैतिक सीप बारेमा प्रशिक्षण दिने क्रममा विद्यार्थी जिवनमा यदि ठूलो ब्यक्ति र धेरै सम्पत्ति आर्जन गर्नुछ भने उच्च शिक्षा संगसंगै ब्यापार ब्यवसायी गरेर संसारमा आज नाम कमाउन सफलता पाएको विश्वका धनी ब्यक्तिहरुको नाम चर्चा गरेका थिए ।

उनले नेपालको चौधरी ग्रुपदेखि लिएर भटभटानीका संचालक मीन बहादुर गुरुङ र अमेरिकको ओबामाको श्रीमती र फेसबुक टुयुटर, युटुव लगायत गरिव जीवनबाट आज संसारकै धनी कसरी भए भन्ने बारेमा जानकारी दिएका थिए ।

विद्यार्थीहरुले यस्ता ज्ञानबाट धेरै उपलब्धि हुने विश्वास रहेको हरिखेतान बहुमुखी क्याम्पसका प्राध्यापक एवम् संयाेजक दिलिप प्रजापतिले जानकारी दिए । कार्यक्रममा शिक्षकहरु सन्तोष यादव, वरजित कर्ण, मुस्ताफा अन्सारी, अमृत चापागाईं, लाल किशोर पटेल लगायतको विशेष उपस्थित रहेको थियो ।

क्याम्पसले जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई, मानव सेवा आश्रमका देवेश मानव, श्याम सरार्फ लगायतलाई मायाको चिनोले सम्मान समेत गरेकाे थियाे ।

कार्यक्रमको सम्पन्न समारोहमा क्याम्पस प्रमुख किशोरी राय यादवले विद्यार्थी भनेको घर परिवार संगै समाज राष्ट्र तथा अभिभावक गुरु वर्गको आत्मासमान गर्न सक्नुपर्ने बताए । उनले भने “अहिले सहि क्याम्पस सहि ठाउँमा उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुको भबिष्य राम्रो आफुले देखेको छु ।”

कार्यक्रमको सहजिकरण कक्षा १२ का विद्यार्थी प्रिति महतो र मनिका सरार्फले गरेकी थिइन् ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले १९औँ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणपति मोहन बहादुर...

परवानीपुर गोल्डकप : वीरगंज युनाइटेडको रोमाञ्चक जित

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा वीरगंज युनाइटेड क्लबले सडेनडेथमा जित निकाल्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ। परवानीपुर खेल मैदानमा भएको...

वीरगंज सडक विस्तारः विकासको सुरुवातसँगै पुनर्स्थापनाको चुनौती गहिरिँदै

वीरगंज । वीरगंजमा लामो समयदेखि रोकिएको सडक विस्तारको काम सुरु भएसँगै सहर विकासको नयाँ चरणमा प्रवेश गरेको छ । त्रिभुवन राजपथ अन्तर्गत गण्डक चोकदेखि...