Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

हरिखेतानका विद्यार्थीहरुलाई नैतिक सीप सम्बन्धि प्रशिक्षण

spot_img
spot_img

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजकाे आयाेजनामा विद्यार्थीकाे लागि नैतिक सीप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आदर्शनगरस्थित त्रिशुला होटलमा भएकाे कार्यक्रममा कक्षा १२ मा अध्ययनरत ३ सय भन्दा बढी विद्यार्थीहरु सहभागि थिए ।

निमित क्याम्पस प्रमुख किशोरी राय यादवको सभापतित्व भएकाे कार्यक्रमकाे उद्घाटन समाजसेवी डाक्टर रामआवतर खेतानले गरेका थिए । साे कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई नैतिक सीप सम्बन्धि प्रशिक्षण दिइएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका डाक्टर खेतानले विद्यार्थी जिवनमा उच्च शिक्षा हासिल संगसंगै ब्यवहारीक शिक्षाको पनि जरुरी रहेको बताए । हामीले अहिले हासिल गरिरहेको शिक्षा नैतिक खासै नभएकोले विद्यार्थीहरुले नैतिक शिक्षाको ज्ञान लिन आवश्यकता रहेको उनले बताए ।

उनले भने “विद्यार्थीहरुले केवल जागिर मात्र खान भनेर उच्च शिक्षा हासिल गर्ने होइन, समाजिक कार्य र ब्यापारी क्षेत्रमा पनि उतिकै महत्त्वपूर्ण योगदान गर्न सकिन्छ ।”

कार्यक्रममा मानवसेवा आश्रम मधेस प्रदेशका संयोजक देवेश गुप्ताले नैतिक सीप बारेमा प्रशिक्षण दिने क्रममा विद्यार्थी जिवनमा यदि ठूलो ब्यक्ति र धेरै सम्पत्ति आर्जन गर्नुछ भने उच्च शिक्षा संगसंगै ब्यापार ब्यवसायी गरेर संसारमा आज नाम कमाउन सफलता पाएको विश्वका धनी ब्यक्तिहरुको नाम चर्चा गरेका थिए ।

उनले नेपालको चौधरी ग्रुपदेखि लिएर भटभटानीका संचालक मीन बहादुर गुरुङ र अमेरिकको ओबामाको श्रीमती र फेसबुक टुयुटर, युटुव लगायत गरिव जीवनबाट आज संसारकै धनी कसरी भए भन्ने बारेमा जानकारी दिएका थिए ।

विद्यार्थीहरुले यस्ता ज्ञानबाट धेरै उपलब्धि हुने विश्वास रहेको हरिखेतान बहुमुखी क्याम्पसका प्राध्यापक एवम् संयाेजक दिलिप प्रजापतिले जानकारी दिए । कार्यक्रममा शिक्षकहरु सन्तोष यादव, वरजित कर्ण, मुस्ताफा अन्सारी, अमृत चापागाईं, लाल किशोर पटेल लगायतको विशेष उपस्थित रहेको थियो ।

क्याम्पसले जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई, मानव सेवा आश्रमका देवेश मानव, श्याम सरार्फ लगायतलाई मायाको चिनोले सम्मान समेत गरेकाे थियाे ।

कार्यक्रमको सम्पन्न समारोहमा क्याम्पस प्रमुख किशोरी राय यादवले विद्यार्थी भनेको घर परिवार संगै समाज राष्ट्र तथा अभिभावक गुरु वर्गको आत्मासमान गर्न सक्नुपर्ने बताए । उनले भने “अहिले सहि क्याम्पस सहि ठाउँमा उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुको भबिष्य राम्रो आफुले देखेको छु ।”

कार्यक्रमको सहजिकरण कक्षा १२ का विद्यार्थी प्रिति महतो र मनिका सरार्फले गरेकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...