Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा दुई कराेडकाे लागतमा कृषि तथा पशुपन्छी केन्द्रकाे भवन निर्माण

spot_img
spot_img
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिपालिकाकाे वडा नं. ५ मसिहानीमा आधुनिक किसिमकाे कृषि तथा पशुपन्छी केन्द्रकाे भवन निर्माण भएकाे छ ।
 
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे पहलमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयकाे ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडाेर कार्यालय बर्दीबास, महाेत्तरीबाट दुई कराेड ७७ लाखकाे लागतमा निर्माण भएकाे केन्द्रकाे भवन आइतबार एक कार्यक्रमकाे बिच गाउँपालिकालाई हस्तान्तरण गरिएकाे छ ।
 
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका आयाेजना निर्देशक डा. चन्द्र प्रसाद रिसाले गाउँपालिका अध्यक्ष यादवलाई साे भवन हस्तान्तरण गरेका हुन् । अब साे केन्द्र संचालनकाे सम्पूर्ण जिम्मेवारी गाउँपालिकाकाे हुने छ ।
 
जिल्लाकाे जगरनाथपुर गाउँपालिकामा कृषि तथा पशुपन्छि केन्द्रकाे भवन निर्माणले साे क्षेत्रका कृषकहरु लभान्वित हुने गाउँपालिका अध्यक्ष यादवले वताए । उनले केन्द्रकाे भवनले कृषि प्रधान हाम्राे गाउँपालिका सहित जिल्लाका कृषकहरु फाइदा पुग्ने विश्वास व्यक्त गरे ।  
  
सो अवसरमा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, वडाध्यक्ष नेपाली कुशावाहा, शुभाष यादव, कृषि तथा पशु सेवा शाखा प्रमुख दयान्द चाैहान लगायतका स्थानिय कृषकहरुकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...