Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

तीजकाे अवसरमा महिला बैंककर्मीहरूबीच तीनदिने खेलकुद प्रतियोगिता

spot_img
spot_img

वीरगंज । नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंजकाे आयाेजनामा तीज पर्वको अवसरमा महिला बैंककर्मीहरूबीच तीनदिने खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ । भाद्र १३ गतेदेखि १५ गते सम्म आयाेजित प्रतियोगितामा विभिन्न बैंकका महिला कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेकाे थियाे ।

तीन दिवसीय प्रतियोगितामा क्विज (हाजिरी जवाफ) प्रतियोगिता, स्लो स्कुटर रेस, र ब्याडमिन्टन प्रतियोगिता समावेश गरिएको थियो ।  जस अन्तर्गत क्विज प्रतियोगितामा बैंकिङ क्षेत्रसँग सम्बन्धित ज्ञान, सामान्य ज्ञान, र तीज पर्वको महत्त्व जस्ता विषयहरू समेटिएको थियो । 

जम्मा १९ वटा समूहको सहभागिता रहेको हाजिरी जवाफ प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको थियाे । जसमा नमिता महरा, प्रियंका गुप्ता र गुडडी कुमारी साह सहभागि थिए । यस्तै सिद्धार्थ बैंक लिमिटेड दोस्रो भएको कर्मचारी संघ वीरगंजका उपाध्यक्ष राजेश झाले जानकारी दिए । 

सिद्धार्थ बैंकको तर्फबाट अनामिका श्रीवास्तव, धना आले मगर र कृतिका खतिवडाले पतिस्पर्धामा भाग लिएका थिए । तृतिय हुने प्रभु बैंकको तर्फबाट अर्चना गुप्ता, मन्जुला नापिट र सुमित्र कुमारी सिंह रहेका छन् ।

यस्तै स्लो स्कुटर रेस एक अनौठो र चुनौतीपूर्ण खेल हो, महिला बैंककर्मीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्यो । १७ वटा टोलीले सहभागिता जनाएको प्रतियोगितामा भाग लिएका महिला खेलाडीहरूले सन्तुलन र धैर्य प्रदर्शन गर्नु परेको थियो । यसमा सिद्धार्थ बैंक लिमिटेडकी स्मिता शाहले प्रथम स्थान हाँसिल गरेकी छन् । प्रभु बैंक लिमिटेडबाट बर्षा शाही द्वितिय हुँदा माछापुच्छ्रे बैंककी सरस्वती पौडेल तृतिय भएकी छिन् ।

त्यस्तै १६ वटा टिमको सहभागिता रहेको ब्याडमिन्टन पतियोगिता पनि अत्यन्तै रोचक बनेको थियो । यसमा नेपाल एसबीआई बैंक लिमिटेडकी रिया झा र लेनिशा खनालले प्रथम स्थान हासिल गरेकी छन् । प्रभु बैंक लिमिटेडबाट बर्षा शाही द्वितिय हुँदा माछापुच्छ्रे बैंककी सरस्वती पौडेल तृतिय भएकी छिन् ।

सांस्कृतिक महत्त्व बोकेको पर्वलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंक कर्मचारी युनियनले महिलाहरूका लागि विभिन्न प्रतियोगिताहरूको आयोजना गरी यसलाई थप अर्थपूर्ण बनाएको कर्मचारी संघ वीरगंजका अध्यक्ष नरेश कुमार सर्राफले बताए ।

महिला सशक्तिकरणलाई प्रवर्द्धन गर्न र खेलकुदका माध्यमबाट उनीहरूको सामाजिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनियनले प्रतियोगिताको आयोजना गरेको सर्राफको भनाई छ । खेलकुदले शारीरिक फिटनेस मात्र नभई आपसी सम्बन्ध सुदृढीकरण, मानसिक तनावको निवारण र सकारात्मक सोचको विकासमा पनि योगदान पु¥याउने नेपाल राष्ट्र बैंकका कायममुकायम निर्देशक यज्ञ श्रेष्ठले बताए ।

यो प्रतियोगिता केवल खेलकुदमा सीमित मात्रै नभएर यसले महिला बैंककर्मीहरूको सशक्तिकरण र उनीहरूबीचको सम्बन्धलाई थप बलियो बनाउने कार्यमा सघाउ पुगेको उनको विश्वास छ । तीन वटै प्रतियोगिताका विजेता एवम उपविजेताहरुलाई शिल्ड र प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको थियो । यस प्रतियोगिताबाट मनोबल उच्च भएको र कार्यक्षेत्रमा थप ऊर्जा र आत्मविश्वासका साथ फर्कन सहयोग मिलेको सबै खेलमा सहभागी महिला कर्मचारीहरूले प्रतिक्रिया दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...