Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

राममनोहरको सातौं स्मृति दिवसको अवसरमा वीरगंजमा श्रद्धाञ्जली कार्यक्रम

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साले शनिबार राममनोहर यादवको सातौं स्मृति दिवसको अवसरमा वीरगंजकाे घन्टाघरमा श्रद्धाञ्जली कार्यक्रम गरेकाे छ । जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम सहिदकाे रुपमा राममनाेहर यादवकाे प्रत्येक बर्ष स्मृति दिवस मनाउँदै आएकाे छ ।

श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले वीर सहिदको सपनाहरू साकार पार्न र आन्दोलनलाई थप उचाइमा पुर्याउनु पर्ने जाेड दिएका थिए । वक्ताहरुले मुलुकमा बढदै गएकाे भ्रष्टाचारकाे विराेधमा अवाज उठाउनुकाे साथै सुशासनकाे लागि लड्नु पर्ने जरुरी रहेकाे वताए ।

पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा भएकाे कार्यक्रममा जनमत पार्टीका नेता सिपु तिवारी, करिमा बेगम, अनुराग द्विवेदी, मुकेश द्विवेदी, हरिहर साह, चन्दन चौहान, अनिता रौनियार, नजमा खातुन, अन्जना गुप्ता, दिपेन्द्र यादव, संजय सिंह, महादेव शर्मा, गगन देव यादव, मनोज साह, धिरेन्द्र पन्जियार, डा. अशाेक ठाकुर, अमरनाथ सिंह राठौर, शशी पाण्डे, बिष्णु कुशवाहा, राजुराज गीरी, चन्चल साह लगायतका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...