Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

पोखरिया अस्पतालमा थाईराईड चेकअप सहित ३ मेसिन जडान

spot_img
spot_img

सैलेश गुप्ता/
पाेखरिया ।
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा थाईराईड चेकअप मेसिन, टोकन सिसटम मेसिन र एच, बि, ए, आई, एस मेसिन जडान भएको छ । जडान भएकाे मेसिनहरुकाे शनिबार एक कार्यक्रका विच पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानले उद्घाटन गरेका हुन् ।

नगर प्रमुख चाैहानकाे विशेष पहलमा नेपाल सरकारको स्वस्थय मन्त्रालय अन्तर्गतकाे आपुर्ति ब्यवस्था महाशाखाले पठाएको मेसिनहरु जडान गरिएकाे पोखरिया अस्पतालका निमित मेडिकल सुपरिडेन्टेन्ट अनिल यादवले जानकारी दिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख चाैहानले पर्साकाे ग्रामिण भेगका थाईराईडका बिरामीले थाईराईडको जाँच गराउन अब अन्यत्र जानु पर्ने बाध्यता अन्त्य भएकाे वताए । उनले पोखरिया असपतालमा अव सहजै रुपमा थाइराइडकाे चेकजाँच गराउन सकिने वताए ।

पोखरिया अस्पतालका मेसु यादवको अधक्षतामा भएको उद्घाटन कार्यक्रममा पाेखरिया नगरपालिकाकी उप प्रमुख रुवी कुमारी ठाकुर, नेता नेजामोदिन समानी, नेपाल रेडक्रस सोसाईटी पोखरिया उप शाखाका सभापती भगवान प्रसाद कुर्मी, पोखरिया अस्पतालको एमडी डा. संजय साह, अनमी मिपिका सिंह, लगायतकाे उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...