Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

दलित पत्रकार संघकाे आयाेजनामा तिज विशेष कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको आयोजनामा शनिबार वीरगंजमा तिज बेशेष कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित कलाशिक ब्याँकेटमा भएकाे कार्यक्रमका तिज पर्वकाे शुभकामना अदानप्रदान समेत गरिएकाे थियाे ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले तिजकाे माैलिकता जाेगाउनु पर्नेमा जाेड दिए । वक्ताहरुले तिज मनाउने आधुनिक शैलीमा परिवर्तन भएकाे वताउँदै माैलिकता र महत्व जाेगाउने गरि मनाउनु पर्ने वताए ।

राष्ट्रिय दलित पत्रकार संघ पर्साको सदस्य एवं कार्यक्रम संयोजक संगीता दासको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजबादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव एवम् दलित पत्रकार संघका सल्लाहकार बृजलाल पासवान, केन्द्रिय सदस्य मनाेज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, महिला अधिकारकर्मी निभा सिंह, बिरगंज महानगरपालिकाको कार्यपालिका सदस्य नितु राम, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, सल्लाहकार सुबाश राम लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संचालन दलित महिला अधिकारकर्मी निला रामले गरेकी थिइन भने राष्ट्रिय दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेश बादलले स्वागत मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...