Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

तरुण दल पर्साकाे कार्यक्रममा १२२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । नेपाल तरुण दल पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित माईस्थान मन्दिर प्राङ्गणमा भएकाे कार्यक्रममा एक महिला सहित १२२ जनाले रक्तदान गरेकाे आयाेजक संस्थाका अभय कर्णले जानकारी दिए ।

तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए ।

साे कार्यक्रममा नाजिर अन्सारी, शेष कुमार हजारा, विवेक गुप्ता, यम बहादुर क्षेत्री, समिर मन्सुरी, धिरज चाैधरी, सुनिल दास थारु, विशाल साह, पवन पटेल, राेशन कुमार गुप्ता, अकाश कुमार साह, सत्रुधन कुमार यादव, राम कुमार मण्डल, मनाेहर कुमार साह, मुकेश कुमार पटेल, सुरज कर्ण, अमित कुमार साह, समिर अन्सारी लगायतले रक्तदान गरेका हुन् ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सचिव एवम् वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, नेपाल महिला संघकी जिल्ला अध्यक्ष किरन शर्मा, कार्यक्रम संयोजक मोहसिन राजा, तरुण दल पर्साका सचिव समीर मन्सुरी, दिलिप राज कार्की, राजन श्रीवास्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...