Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

सिमरामा चौथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता हुने

spot_img
spot_img

वीरगंज । बाराको सिमरामा चौथो अन्तराष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । सिमरा भेट्रान क्लब सिमराको आयोजनामा असोज १ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा क्लबले सिमरा रंगशालामा हुन लागेको प्रतियोगिता असोज ५ गतेसम्म चल्ने बताएको छ । ‘खेलाडीहरुको हौसला एवं प्रोत्साहन, खेलकुद नै राष्ट्र र स्वास्थ्यको आयाम’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामाका सचिव हरि चौधरीले बिजेताले नगद ३ लाख र उप बिजेताले १ लाख ५० हजार रुपैया पाउने जानकारी दिए ।

प्रतियोगितामा युनिटि क्लब, बिरगञ्ज, हेटौडा भेट्रान क्लब, मकवानपुर, चितवन भेट्रान फुटबल क्लब, चितवन, रियल फ्रेन्ड भेट्रान, सिकिम, सरस्वती नगर भेट्रान क्लब, काठमाण्डौ, हाम्रो धरान फुटबल क्लब, धरान, कटारी टाईगर भेट्रान क्लब, कटारी, पोखरा भेट्रान पोखरा, लेजेन्ड भेट्रान्स, दार्जलिङ, भारत, क्लिभ हाउस भेट्रान फुटबल क्लब, कलकता, भारत र आयोजक सिमरा भेट्रान क्लब, सिमराको सहभगिता रहेने सचिव चौधरीले बताए ।

चौधरीका अनुसार एक टिमको टुंगो लाग्न बाकी छ । चौधरीले देशकै सर्वाधिक धन राशि भएको प्रतियोगिता सिमरामा आयोजना गर्न लागिएको भन्दै आन्तरीक तयारी तिब्र रुपमा भईरहेको बताए । खेल र खेलाडीलाई प्राेत्साहन गर्दै खेल क्षेत्रको विकाससंगै आन्तरीक पर्यटन प्रवर्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको हाे ।

कुल ३२ लाख ५३ हजार रुपैयाको लागतमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन क्लबका अध्यक्ष राजकपुर राउत बिजयको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी सदस्य लक्ष्मी खरेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य विशाल घिमिरे, क्लबका सल्लाहकार संयोजक बिनोद परियार, सदस्य राजु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार संयोजक बिनोद परियारले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चार क्लबका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक प्रदिप गौतमले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...