Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाई गाउँपालिकाकाे ताला खुल्याे, म्याद थप्ने सहमती भएकाे छैन : गापा अध्यक्ष

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका कार्यालयमा लगाईएकाे ताला शुक्रबार खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार नै भएकाे छलफलपछि ताला खुलेकाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले वताए ।

प्रहरी उपरिक्षक कुमाेद ढुंगेलकाे उपस्थितीमा गाउँपालिकाका जनप्रतिनिधिहरु बिच भएको छलफलमा भादौ १९ गते गाउँ सभा गर्ने सहमती भएपनि १४ महिना पहिला हटाईएका करारका कर्मचारीहरुकाे म्याद थप्ने कुनै किसिमकाे सहमती नभएकाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार यस अघि जिल्ला प्रशासन कार्यालय पर्सामा पनि भएकाे छलफलमा एक बर्ष पहिला नै हटाइएका कर्मचारीकाे म्याद थप्न नसकिने निष्कर्ष निस्केकाे थियाे । तर पनि केही बिकास विराेधी स्थानिय नेताहरुकाे उस्काहटमा केही जनप्रतिनिधिहरुले ताला खाेल्न मानेका थिएन । 

गाउँ कार्यपालिकाकाे बैठककाे निर्णय अनुसार नै हटाईएका करारका कर्मचारीहरुकाे म्याद थपकाे माग गर्दै केही दिन पहिला मात्र केही जनप्रतिनिधिहरुले नै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । साे तालाबन्दीमा केही राजनीतिक दलका स्थानिय नेताहरु सहमती समेत जनाएका थिए ।

जनप्रतिनिधिहरुले नै गाउँपालिकाकाे कार्यालयमा गरेकाे तालाबन्दीका कारण गाउँपालिकाबाट हुने सेवा प्रभावित हुँदै आएकाे थियाे । असार १० गते भित्र नै सम्पन्न गरि सक्नु पर्ने गाउँ सभा जनप्रतिनिधिहरु बिच नै बजेट भागभाँडाकाे बिषयमा सहमती नहुँदा अहिले सम्म हुन सकेकाे छैन् । त्यस कारण गाउँपालिकाकाे बिकास निर्माणकाे काम पनि प्रभावित हुँदै आएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...