Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ भदाै ७ गतेबाट प्रदर्शन हुने

spot_img
spot_img

वीरगंज । तेजाव पीडितहरूको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’ यही भदाै ७ गतेबाट प्रदर्शन हुने भएकाे छ । सत्य घटना आधारित यो फिल्म वीरगंज सहित देशभरका सिनेमा हलमा एकसाथ रिलिज हुने फिल्मका निर्देशक रमित ढुंगानाले जानकारी दिए ।

फिल्म निर्माण पक्षले शनिबार वीरगंजमा पत्रकार सम्मेलनकाे आयाेजना गरि वीरगंजकाे क्युएफएक्स सहितका हलहरुमा प्रदर्शन हुने निर्देशक ढुंगानाले वताए । उनले वीरगंजकाे एसिड पिडित मुस्कान खातुन सहितका ३३ जना एसिडि पिडितकाे कथामा फिल्ममा समेटिएकाे वताए ।

फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रहरी उपरीक्षकद्धय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरिक्षक जेआर शर्मा, राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित यो चलचित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर निर्माण गरिएको छ ।

अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो चलचित्रमा शिवम् अधिकारीको कथा र पटकथा छ । चलचित्रमा निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ ।

चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...