Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

प्रतीक दैनिककाे वार्षिकोत्सवमा पत्रकार गुप्ता, चाैरसिया सहित चार जना पुरस्कृत

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकले शनिबार आफ्नो ३७ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । पत्रिकाले ३७ बर्ष पुरा गरि ३८ औं बर्षमा प्रबेश गरेकाे अवसरमा विभिन्न पत्रकार र कर्मचारीहरूलाई सम्मान समेत गरेकाे छ । 

वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । उनलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशिको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

समारोहमा प्रतीक दैनिककै ग्रामिण संवाददाता धर्मेन्द्र चौरसियालाई उत्कृष्ट संवाददाताको रूपमा रु १५ हजार राशीबाट पुरस्कृत गरिएकाे हाे । साथै, स्तम्भकार कुमार रूपाखेती रु १० हजार र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारी रु ५ हजार राशीसहित पुरस्कृत भएकाे प्रतिक दैनिकका सम्पादक शत्रुधन नेपालले वताए ।

प्रतिक दैनिकका प्रधान सम्पादक जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला, नेता तथा समाजसेवी श्याम पोख्रेल लगायतको उपस्थिती रहेको थियाे ।

वीरगंजकाे लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा भएकाे कार्यक्रमकाे संचालन प्रतिक दैनिक कै सम्पादक प्रताप श्रेष्ठले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...