Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

पटेर्वा सुगाैलीबाट ४८९ के.जी. लागु औषध सहित कालिकामाईका मियाँ पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ठूलाे परिमाणकाे लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ ।  विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ मुडली निवासी ४० बर्षिया फुलसरिफ मियाँलाई पक्राउ गरेकाे हाे ।

लागु औषधहरू ठुलो परिमाणमा खरिद विक्री भईरहेको छ, भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्साकाे पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकवा गाँबाट ठुलाे परिमाणमा लागु औषध सहित मियाँलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमाेद ढुंगाेलले जानकारी दिए ।

प्रहरी साे स्थानमा छापामारी गर्दा मियाँ संकाष्पदरूपमा लुकिरहेको अवस्थामा निजको साथबाट लागु औषध गाँजा ३० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए । त्यसपछि पक्राउ परेका मियाँसंग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र राखि लुकाइ छिपाई राखिएको भन्ने खुलाई दिएकोमा उक्त स्थानकबाट लागु औषध चरेश १९२ के.जी. र गाँजाको धुलो (पोलाण्ड) २६७ के.जी. फेला परेकाे प्रवक्ता भारतीले जानकारी दिए ।

त्यसपछि उक्त लागु औषध सहित मियाँलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई निज विरुद्ध लागु औषध कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन मार्फत जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...