Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पटेर्वा सुगाैलीबाट ४८९ के.जी. लागु औषध सहित कालिकामाईका मियाँ पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ठूलाे परिमाणकाे लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ ।  विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ मुडली निवासी ४० बर्षिया फुलसरिफ मियाँलाई पक्राउ गरेकाे हाे ।

लागु औषधहरू ठुलो परिमाणमा खरिद विक्री भईरहेको छ, भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्साकाे पटेर्वासुगौली गाउँपालिका वडा नं.४ अकवा गाँबाट ठुलाे परिमाणमा लागु औषध सहित मियाँलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमाेद ढुंगाेलले जानकारी दिए ।

प्रहरी साे स्थानमा छापामारी गर्दा मियाँ संकाष्पदरूपमा लुकिरहेको अवस्थामा निजको साथबाट लागु औषध गाँजा ३० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए । त्यसपछि पक्राउ परेका मियाँसंग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र राखि लुकाइ छिपाई राखिएको भन्ने खुलाई दिएकोमा उक्त स्थानकबाट लागु औषध चरेश १९२ के.जी. र गाँजाको धुलो (पोलाण्ड) २६७ के.जी. फेला परेकाे प्रवक्ता भारतीले जानकारी दिए ।

त्यसपछि उक्त लागु औषध सहित मियाँलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई निज विरुद्ध लागु औषध कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...