Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

दलित पत्रकार संघद्वारा गहवामा नि:शुल्क आँखा शिबिर

spot_img
spot_img

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ, पर्साको आयोजनामा शुक्रबार वीरगंजकाे गहवामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।संघको अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएकाे शिबिरको उद्घाटन नेकपा (एकीकृत समाजबादी) पर्साका अध्यक्ष बालगोपाल थापाले गरेका थिए ।

वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा सचलित शिबिरमा १०२ जनाले आँखा परिक्षण गराएका हुन् । जस मध्ये २५ जनामा मोतियाबिन्द फेला परेको अस्पतालका संचालक डा. महेश्वर सिंह धामिले वताए । शिविरमा माेतिबिन्द फेला परेका सबै जनाकाे भदौ २ गते आइतबार नि:शुल्क शल्यक्रिया गरिने उनले जानकारी दिए ।

शिबिरमा राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान, सुबास राम, उपाध्यक्ष सुरेश बादल, दलित अभियान्ता निला राम, स्थानीय अगुवा उमेश ठाकुर, वडा सदस्य संगीता दास लगाएतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...