Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

दुई दलीय व्यवस्था लाद्‍ने षड्यन्त्र भइरहेको छ, आन्दाेलकाे लागि तयार रहनुपर्छ : डा. राउत

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साकाे आयाेजनामा बुधबार वीरगंजमा पार्टी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ रम्भा मिश्रा, नेकपा एमालेका बृजेश्वर चौधरी, शंकर यादव, आशादेवी चौहान, अशोक कुमार ठाकुर सहित एक हजार भन्दा बढीले जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सर्राफले वताए ।

पार्टी प्रबेश गर्ने सबै जनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउतले पार्टी गमछा ओढाएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष डा. राउतले मुलुकमा दुई दलीय व्यवस्था लाद्‍ने षड्यन्त्र भइरहेको बताए । उनले यो षडयन्त्रविरुद्ध सडक आन्दोलनका लागि तयार रहन निर्देशन पनि दिए ।

अध्यक्ष राउतले नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय व्यवस्था ल्याउन लागेको आरोप लगाए । जसको गन्ध बुधबारको संसद बैठकबाट प्रष्ट भएको उनले बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको विरोधमा आन्दोलनमा उत्रिन तयार रहनुपर्ने आवश्यक रहेको बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको आशय साना दलहरुलाई समाप्त गर्नु रहेको बताए ।  

उन भने, ‘दुई दलीय व्यवस्था ल्याउन दुई ठुला दल एकमत देखिएका हुन्, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा कहीँ पनि अभ्यासमा छैन । ठुला दलहरूमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ । तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ ।’ सरकार र सदनबाट विश्वास नरहेको बताउँदै उनले अन्तिम बाटो भनेको सडक आन्दोलन रहेको बताए । 

अध्यक्ष राउतले संघीयतालाई बलियो बनाउन  संघीय सरकारले प्रदेशहरूलाई अझै बढी अधिकार दिनुपर्ने बताए ।

जनमत पार्टीका पर्सा इन्चार्ज माधव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरू सिपु तिवारी, देवेन्द्र मिश्रा, करिमा बेगम, ओम प्रकाश सर्राफ, मुकेश द्विवेदी लगायतकाले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...