Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

डा. सिके राउत बुधबार वीरगंज आउँदै, एक हजार भन्दा बढीलाई पार्टी प्रवेश गराउने

spot_img
spot_img

वीरगंज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत भोलि बुधबार वीरगंज आउने भएका छन् । जनमत पार्टी पर्साकाे आयोजना  हुने बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागि हुन डा. राउन वीरगंज आउन लागेका हुन् ।

वीरगंजकाे ब्रम्हचौक स्थित रहेकाे ओम होटल एन्ड पार्टी प्यालेसमा हुने पार्टी प्रबेश कार्यक्रमकाे प्रमुख अतिथी डाक्टर साव रहनु भएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए । बिहान ११ बजेदेखि हुने पार्टी प्रवेश कार्यक्रमको तयारी अन्तिम चरणमा उनले जानकारी दिए ।

पर्साका १४ वटै पालिकाबाट दर्जनौं प्रभावशाली नेता सहित हजारौंलाई पार्टी प्रवेश गराउने तयारी भएको अध्यक्ष सरार्फले दावी गरेका छन् । नेपाली कांग्रेसकी नेतृत्व रम्भा मिश्रा सहितका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रबेश गर्न लागेकाे बुझिएकाे छ ।

कुशल र सक्षम नेतृत्व एवं आम जनताको आशा र भरोसाको पार्टी जनमत रहेकोले नेपाल भरि जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको पार्टी प्रवेश समन्वय समितिका राष्ट्रिय संयोजक माधव सिहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...